Wednesday, May 5, 2021

बोलपत्र मूल्याङ्कन प्रकृया र यसमा रहेका प्रमुख समस्याहरु (Bid Evaluation in Nepal)

. विषय प्रवेशः                                             

१.१. खुल्ला प्रतिस्पर्धात्मक बोलपत्र विधि सार्वजनिक खरिदको मुख्य विधि हो जसमा बोलपत्र मूल्याङ्कन त्यसको महत्वपूर्ण पक्ष होसार्वजनिक निकायले बोलपत्र आह्वान गर्दा खरिद गर्न चाहेको बस्तु तथा सेवा आपूर्ति गर्न सक्ने आपूर्तिकर्ता/निर्माण व्यवसायी/ परामर्शदाता/ सेवाप्रदायकको योग्यता निर्धारण गरिएको हुन्छबोलपत्रदाताले सार्वजनिक निकायले निर्धारण गरेको योग्यता तथा कानूनी प्रावधान पुरा गर्न सक्षम की छैन भनेर गरिने मूल्याङ्कन नै बोलपत्र मूल्याङ्कन हो अर्थात बोलपत्र सम्बन्धी कागजातमा निर्धारण गरिएको बोलपत्रदाताको योग्यताका आधारमा पेश भएका बोलपत्रदाताहरुले ती योग्यताहरु पुरा गर्न सके नसकेको हेरिने विषय नै बोलपत्र मूल्याङ्कन होबोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको मिति समयमा बोलपत्र खोल्ने काम हुन्छ त्यसरी खोलिएका बोलपत्रहरु सार्वजनिक निकाय प्रमुखबाट मूल्याङ्कन समिति समक्ष मूल्याङ्कनको लागि पेश हुन्छमूल्याङ्कन समितिबाट बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित मूल्याङ्कनका विधि प्रकृया अनुसार मूल्याङ्कन गरी सार्वजनिक निकाय प्रमुख समक्ष मूल्याङ्कन प्रतिवेदन पेश गरिन्छ

१.२. नेपालको सन्दर्भमा हेर्ने हो भने बोलपत्र प्रकृयाको सबै भन्दा समस्याग्रस्त एक क्षेत्र बोलपत्र मूल्याङ्कन होमूल्याङ्कन प्रकृया समयमा नसकिने, मूल्याङ्कनमा विभिन्न दुविधाहरु आउने दुविधाको उचित समाधान ननिस्कने,  मूल्याङ्कनमा अनुचित प्रभाव पार्ने आदि बोलपत्र मूल्याङ्कनमा देखिएका केही प्रमुख समस्याहरु हुन् साथै बोलपत्र मूल्याङ्कनको निर्देशिका नहुनु, मूल्याङ्कन समितिमा बोलपत्र मूल्याङ्कनको पर्याप्त ज्ञान नहुनु, कागजातको आधिकारिकता पुष्टी गर्नको लागि आधारहरु नहुनु, विद्युतिय खरिद प्रणालीलाई अन्य प्रणालीमा आवद्ध गर्न नसक्नु आदिको कारण मूल्याङ्कनमा त्यस किसिमका समस्याहरु सृजना हुने गरेको देखिन्छ। विभिन्न पक्षहरुबाट सार्वजनिक खरिद कानूनलाई विकास विरोधी कानूनको रुपमा चित्रण गरेको पाइन्छसमाजमा त्यस किसिमको छाप पर्नुमा एक कारण अव्यवस्थित बोलपत्र मूल्याङ्कन प्रकृया पनि होबोलपत्र मूल्याङ्कन प्रकृयालाई प्रभावकारी बनाउन सकेमा मात्र पनि खरिद पद्दतिलाई प्रभावकारी बनाउन मद्दत पुग्ने देखिन्छ।       

. बोलपत्र मूल्याङ्कन प्रकृयाः

२.१. बोलपत्र मूल्याङ्कनको प्रकृया मूल्याङ्कन समिति गठन भएबाट शुरु हुन्छमूल्याङ्कन प्रकृयाहरुलाई निम्न क्रियाकलापमा समेट्न सकिन्छ

a.       बोलपत्र मूल्याङ्कन समिति गठन

b.       बोलपत्रको परीक्षण गर्ने

                                                   i.      कानूनी ग्राह्यताको परीक्षण

                                                 ii.      पूर्णताको परीक्षण

c.       मूल्याङ्कनमा समावेश हुने नहुने बोलपत्र छुट्याउने

d.       बोलपत्र मूल्याङ्कन

                                                   i.      प्राविधिक मूल्याङ्कन (योग्यता /प्राविधिक पक्ष/व्यापारिक पक्ष)

                                                 ii.      आर्थिक मूल्याङ्कन

e.       मूल्याङ्कन प्रतिवेदन तयारी

f.        सार्वजनिक निकाय प्रमुख समक्ष मूल्याङ्कन प्रतिवेदन पेश

. बोलपत्र मूल्याङ्कन समितिः

३.१. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४७ मा मूल्याङ्कन समिति सम्बन्धी व्यवस्था गरेको मूल्याङ्कन समितिको गठन देहाय बमोजिम हुने व्यवस्था गरिएको छ र उक्त समितिमा खरिद एकाईको प्रमुखले समितिको सचिवको रुपमा काम गर्ने व्यवस्था कानूनले गरेको छ।

(क) सार्वजनिक निकायका प्रमुख वा निजले तोकेको वरिष्ठ अधिकृत (सम्भव भएसम्म प्राविधिक कर्मचारी) – अध्यक्ष

(ख) सम्बन्धित सार्वजनिक निकायको आर्थिक प्रशासन शाखा प्रमुख                                    – सदस्य

(ग) विषयसँग सम्बन्धित प्राविधिक विशेषज्ञ (सम्भव भएसम्म अधिकृतस्तर)                              – सदस्य

(घ) सार्वजनिक निकायमा कानून अधिकृतको दरबन्दी रहेको भए सो सार्वजनिक निकायको कानून अधिकृत    – सदस्य

सार्वजनिक निकायमा हुने सबै ठेक्काहरुको बोलपत्र मूल्याङ्कनको लागि एउटा मात्र समिति हुनुपर्छ भन्ने छैन। सार्वजनिक निकायले आफ्नो आवश्यकता अनुसार सबै ठेक्काहरुको लागि एउटै वा फरक फरक ठेक्काको लागि फरक फरक समिति गठन गर्न सक्छ

३.१. मूल्याङ्कन समितिका केही सदस्यहरु प्राविधिक/विशेषज्ञ हुने व्यवस्था कानूनले गरेको भएता पनि सबै सार्वजनिक निकायहरुमा वा सबै किसिमका बोलपत्रहरुमा सम्बन्धित क्षेत्रको प्राविधिक विशेषज्ञ प्राप्त गर्न सम्भव छैन। अझै कतिपय सार्वजनिक निकायहरुमा प्रशासनका कर्मचारीहरुबाट मात्र मूल्याङ्कन समिति गठन गर्नुपर्ने अवस्था छ। मूल्याङ्कन समितिमा रहने उक्त सीमिततालाई कम गर्न मूल्याङ्कन समितिले सार्वजनिक निकायका प्रमुखको स्वीकृति लिई सरकारी वा गैर सरकारी क्षेत्रका विषय विशेषज्ञलाई आफ्नो बैठकमा आमन्त्रण गर्न, मूल्याङ्कन गर्ने काममा आफूलाई सहयोग गर्न उप-समिति गठन गर्न सक्ने व्यवस्था कानूनले गरेको छ। साथै समितिलाई परामर्शदाताको सहयोग आवश्यक भएमा परामर्शदाता नियुक्त गरी मूल्याङ्कन कार्यमा सहयोग लिन सकिने व्यवस्था समेत कानूनमा रहेको पाइन्छ। मूल्याङ्कन समितिले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित योग्यता र मूल्याङ्कनका आधारहरु अनुसार मूल्याङ्कन गरी सार्वजनिक निकायको प्रमुख समक्ष मूल्याङ्कन प्रतिवेदन पेश गर्दछ। कहिले काँही मूल्याङ्कन समितिका सदस्यहरुको एक मत नहुन पनि सक्छ यस्तो अवस्थामा के गर्ने भन्ने सम्बन्धमा कनूनमा कुनै किसिमको व्यवस्था नभएकोले बेला बेलामा अन्यौल्ता देखा पर्दछ । त्यसैले यस विषयलाई प्रष्ट व्यवस्था हुनुपर्ने देखिन्छ।

. प्रकृया पुरा नभएका बोलपत्र छुट्याउनेः

४.१.बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्रकृया पुरा नगरी दाखिला भएका बोलपत्रलाई मूल्याङ्कनमा समावेश गरिदैन। यस चरणमा निम्न बोलपत्रहरुलाई छुट्याउने काम हुन्छ र ती बोलपत्र बाहेकका बोलपत्र मात्र बोलपत्र परीक्षणमा समावेश गरिन्छ

·       सिलबन्दी भई नआएको,

·       बोलपत्र दाखिला गर्ने समयावधि भित्र पेश हुन नआएको,

·       बोलपत्रदाताले बोलपत्र दाखिला गर्ने समयभित्र बोलपत्र फिर्ताको निवेदन दिएको बोलपत्र,

·       आपसमा मिलोमतो गरी दाखिला गरेको प्रमाणीत भएका बोलपत्र,

·       पूर्व योग्यता निर्धारण गरी बोलपत्र आह्वान गरिएको अवस्थामा पूर्व योग्यतामा सफल भएका बाहेकका बोलपत्र।

. बोलपत्र परीक्षणः

५.१. बोलपत्र मूल्याङ्कन समिति गठन पश्चात खोलिएका बोलपत्रहरु खरिद एकाई/शाखा/महाशाखाबाट मूल्याङ्कन समिति समक्ष पेश हुन्छमूल्याङ्कन समितिको पहिलो काम भनेको मूल्याङ्कनमा समाबेश हुने नहुने बोलपत्र छुट्याउने हो। बोलपत्र मूल्याङ्कनलाई विस्तृत रुपमा हेर्ने हो भने दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो चरण भनेको बोलपत्रको परीक्षण र दोश्रो चरण भनेको बोलपत्रको बिस्तृत मूल्याङ्कन। विस्तृत मूल्याङ्कन प्रकृयामा समय, श्रोत साधन र प्रयत्न बढी लाग्छ त्यसैले पहिलो चरणको बोलपत्र परीक्षणमा बोलपत्र विस्तृत मूल्याङ्कनको लागि आवश्यक अंग पुगे नपुगेको हेर्ने काम गरिन्छ र उक्त चरणमा सफल हुने बोलपत्रदातालाई मात्र बोलपत्रको मूल्याङ्कनमा समावेश गरिन्छ। बोलपत्र परीक्षणमा सामान्यतया कानूनी ग्राह्यताको परीक्षण पूर्णताको परीक्षण गरिन्छ

५.२. कानूनी ग्राह्यताको परीक्षणः बोलपत्रदाता बोलपत्र दाखिला गर्नको लागि केही कानूनी प्रकृयाको पालना बोलपत्रदाताले गरेको हुनु पर्छ। कुनै फर्म वा कम्पनीले बोलपत्र दाखिलाको लागि फर्म वा कम्पनी दर्ता गरेको हुनुपर्ने, करमा दर्ता हुनुपर्ने, कर दायित्व बाँकी भएको हुन नहुने आदि जस्ता कानूनी प्रकृयाहरु पुरा गरेको हुनुपर्ने र ती प्रावधानहरु पुरा गरेको फर्म/कम्पनीले मात्र बोलपत्र दाखिला गर्न पाउने गरी बोलपत्र आह्वान गरिएको हुन्छ। कुन कुन कानूनी ग्राह्यता पुरा गर्नुपर्छ भन्ने विषय बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको हुन्छमूल्याङ्कन समितिले उक्त कागजातमा उल्लिखित आधारमा कानूनी ग्राह्यताको परीक्षण गर्नु पर्दछकानूनी ग्राह्यता पुरा नगर्ने बोलपत्रलाई बोलपत्र मूल्याङ्कनमा समावेश गरिदैनसार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४० मा कानूनी ग्राह्यताहरु के के हुनुपर्ने व्यवस्था गरेको उक्त नियममा भएका व्यवस्थाहरु त्यसको मूल्याङ्कन सम्बन्धमा यहाँ उल्लेख गरिएको छ।

(क) फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्रः फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्र सबै किसिमका खरिदको लागि आवश्यक पर्ने प्रमाणपत्र होकम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनु पर्छ भने व्यक्तिगत फर्म/साझेदारी फर्म वाणिज्य विभाग वा घरेलु कार्यालयमा दर्ता हुनु पर्दछत्यस्तै गैर सरकारी संस्थाको हकमा जिल्ला प्रशासनमा दर्ता हुनु पर्दछफर्मको प्रकृति अनुसार कुन निकायमा दर्ता हुनुपर्ने हो सो संस्थामा दर्ता भए नभएको परीक्षण गरिन्छ

(ख) व्यवसाय दर्ताको इजाजतपत्रः वि.सं. २०४७ सालको परिवर्तन संगै देश उदारीकरण युगमा प्रवेश भयो धेरै क्षेत्रमा लाइसेन्स प्रणाली खारेज भयोतर पनि केही व्यवसाय गर्नको लागि अझै पनि इजाजत पत्र आनिवार्य छउदाहरणको लागि औषधी सम्बन्धी व्यवसाय गर्न, पेट्रोलिम पदार्थको व्यवसाय, सार्वजनिक निर्माणको व्यवसाय आदि किसिमका व्यवसाय गर्नको लागि सम्बन्धित निकायबाट इजाजत लिनु पर्दछ। जुन जुन व्यवसाय गर्नको लगि इजाजतपत्र आवश्यक पर्ने कानूनी व्यवस्था ती बस्तु तथा सेवा खरिदमा इजाजत पत्र आवश्यक हुन्छसबै खरिदमा इजाजत पत्र आवश्यक पर्दैनइजाजत पत्र लाई कानूनमा व्यवसाय दर्ताको इजाजतपत्र भनिएको र Standard Bidding Document मा Business Registration Certificate भनिएको छ। इजाजत पत्र आवश्यक पर्ने खरिदको मूल्याङ्कन गर्दा इजाजत पत्र भए नभएको र बोलपत्र दाखिला भएको दिनसम्म निजको इजाजतपत्रको नविकरण भए नभएको परीक्षण गरिन्छ।

(ग) मूल्य अभिवृद्घि कर दर्ता प्रमाणपत्र र स्थायी लेखा दर्ता नम्बर (प्यान) प्रमाणपत्रः बोलपत्रमा सहभागी हुनको लागि करमा दर्ताको लागि अनिवार्य गरिएको मूल्य अभिवृद्धि कर ऐन बमोजिम मूल्य अभिवृद्धि कर नलाग्ने बस्तु तथा सेवा बाहेकका सबै खरिदमा कर दर्ताको प्रमाणपत्रको साथै मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र समेत पेश गर्नु पर्छ।

(घ) कर चुक्ता गरेको प्रमाणपत्रः बोलपत्र दाखिला गर्ने फर्म/कम्पनी राज्यलाई तिर्नुपर्ने कर दायित्व बाँकी भए नभएको एकिन गर्नको लागि कर चुक्ता प्रमाणपत्र माग गरिएको हुन्छ। सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा कुन अवधिसम्मको कर चुक्ता प्रमाणपत्र माग गरेको छ सो अवधि सम्मको कर चुक्ता प्रमाणपत्र रहे नरहेको परीक्षण गरिन्छ। कर चुक्ताको प्रमाणपत्र माग गर्दा अघिल्लो आर्थिक बर्ष सम्मको कर चुक्ता प्रमाणपत्र माग गरिन्छ। कहिले काँही फर्म/कम्पनीले कर विवरण पेश गर्ने प्रकृयामा रहेको वा कर विवरण पेश गरेको तर कर चुक्ता प्रमाणपत्र प्राप्त भै नसकेको अवस्था हुन सक्ने भएकोले त्यसको लागि कानूनमा छुट्टै व्यवस्था गरिएको छ । कर चुक्ता प्रमाणपत्र प्राप्त नभएको तर आय विवरण पेश गरेको प्रमाणित कागजात वा आय विवरण पेश गर्न म्याद थप भएको निस्सा वा प्रमाण भएको अवस्थामा पनि निजलाई कानुनीरुपमा ग्राह्यय मानिने व्यवस्था कानूनमा गरिएको छ। आय विवरण पेश गर्न म्याद थप भएको निस्सालाई कहिलेसम्म मान्यता दिने भन्ने विषय यसको मूल्याङ्कनमा देखिने समस्या हो जुन सम्बन्धित निकायबाट स्पष्ट गर्नु जरुरी देखिन्छ।

(ङ) स्वयं घोषणा पत्रः बोलपत्रदाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखितरुपमा गरेको घोषणा गरेको प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्नु पर्दछ बोलपत्र मूल्याङ्कनमा उक्त घोषणापत्र भए नभएको परीक्षण गरिन्छStandard Bidding Document को Letter of Bid को नमुनामा समेत उक्त घोषणा राखिएको कुनै बोलपत्रदाताले छुट्टै घोषणापत्रको प्रमाणपत्र पेश नगरेको अवस्थामा निजको Letter of Bid मा उक्त घोषणा रहे नरहेको समेत हेर्नु पर्छLetter of Bid मा उक्त घोषणाको बाक्य समेत समावेश भएको अवस्थामा त्यसैलाई घोषणा पत्र मानेर मूल्याङ्कन गर्न सकिन्छ 

() कालो सूची (Black List): बोलपत्रदाता सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूची वा दातृ निकायबाट प्राप्त बजेटबाट भएको खरिदको हकमा उक्त दातृ निकायले कालो सूचीमा राखे नराखेको साथै बैंक वा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले कालो सूचीमा राखे नराखेको परीक्षण गरिन्छ। ती मध्ये कुनै निकायले कालो सूचीमा राखेको अवस्थामा उक्त फर्म वा कम्पनीलाई मूल्याङ्कन प्रकृयामा समावेश गरिदैन।

५.३. उपरोक्त कागजात वा प्रमाणपत्रका साथै सार्वजनिक निकायले कानुनी ग्राह्यताको लागि थप कागजात माग गर्न सक्नेछ त्यस्तो अवस्थामा उक्त कागजात भए नभएको कानूनी ग्राह्यताको परीक्षणमा हेरिन्छ। कानूनी ग्राह्यताको परीक्षण गर्दा कुनै आवश्यक कागजात पेश भएको रहेनछ भने त्यस्तो बोलपत्रदातालाई मूल्याङ्कन प्रकृयामा अगाडी बढाइदैन। कहिलेकाँही बोलपत्रदाताले बोलपत्र खरिद गर्दा पेश गरेको कागजपत्र बोलपत्र पेश गर्दा नराखेको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा दुविधा भएको पाईन्छ। त्यस्तो अवस्थामा खरिद गर्दा अनिवार्यरुपमा पेश गर्नुपर्ने भनि उल्लेख भएको र खरिदको समयमा पेश गरेको कागजपात्र/प्रमाण लाई मूल्याङ्कनमा प्रमाणको रुपमा समेत प्रयोग गर्न सकिन्छ।

५.४. पूर्णताको परीक्षणः बोलपत्रको पूर्णताको परीक्षणमा बोलपत्रको लागि आवश्यक अंगहरु पुरा भए नभएको परीक्षण गरिन्छ। बोलपत्रमा हुनुपर्ने न्यूनतम अंग नपुगेको बोलपत्रलाई बोलपत्रको विस्तृत मूल्याङ्कमा समावेश गरिदैन। बोलपत्रको पूर्णताको परीक्षणमा निम्न विषयहरु हेरिन्छ।

(क) अख्तियारनामा (Power of Attorney) र दस्तखत: बोलपत्रमा दस्तखत गरी पेश गर्ने व्यक्तिले सो गर्नको लागि सम्बन्धित फर्म वा कम्पन्नीको तर्फबाट अख्तियारनामा प्राप्त गरेको हुनु पर्दछ। जस्तै उदाहरणको लागि कम्पनीको हकमा संचालक समितिले बोलपत्र दाखिला गर्न व्यक्ति तोकेर निजको नमुना दस्तखत सहितको अख्तियारनामा दिएको हुन्छ। यस्तो अख्तियारीनामा निश्चित ठेक्का तोकेर वा निश्चित समय तोकेर अख्तियारनामा दिइएको हुन सक्छ। अख्तियारनामा नभई पेश गरेको बोलपत्रले कानूनी मान्यता नपाउने हुँदा बोलपत्र परीक्षण गर्दा बोलपत्रमा दस्तखत गर्ने व्यक्तिलाई अख्तियारनामा भए नभएको हेरिन्छ वा जसले बोलपत्र दाखिला गर्ने अख्तियारनामा प्राप्त गरेकोहो सोही व्यक्तिले दस्तखत गरी बोलपत्र दाखिला गरे नगरेको परीक्षण गरिन्छ। संयुक्त उपक्रम (JV) बाट बोलपत्र दाखिला भएको रहेछ भने JV का सबै सदस्यहरुको कम्पनीहरुबाट बोलपत्र दाखिला गर्न अख्तियारी प्रदान गरेको हुनु पर्दछ। यदी व्यक्तिगत फर्मबाट बोलपत्र दाखिला भएको रहेछ भने उक्त फर्मको प्रोपाइटर बाहेक अन्य व्यक्तीले बोलपत्र दाखिला गर्दा अख्तियारनामा आवश्यक पर्छ तर फर्मको प्रोपाइटर स्वयंले बोलपत्र दाखिला गर्दा अख्तियारनामाको आवश्यकता भने पर्दैन। साथै बोलपत्रदाता वा निजको अधिकार प्राप्त प्रतिनिधिले आँफै तयार गरेका कागजपत्रहरुमा अनिवार्य रुपमा दस्तखत र फर्म/कम्पनीको छाप लगाउनु पर्दछ। बोलपत्रको साथ पेश भएका सबै कागजातमा दस्तखत हुनु पर्ने हो वा केहीमा छुटेमा फरक नपर्ने हो भन्ने सम्बन्धमा दुविधा भएको पाईन्छ। बोलपत्रदाताले पेश गरेका Letter of Bid, Price Schedule, Bill of Quantity  Bidding Forms मा भने अनिवार्यरुपमा दस्तखत गरेको हुनु पर्दछ। कम्तिमा पनि उपरोक्त कागजातमा सहीछाप नभएको बोलपत्रले कानूनी मान्यता प्राप्त गर्न सक्दैन। e-Bidding को हकमा BOQ/Price Schedule/Bidding आदि Online भरिने हुँदा दस्तखत आवश्यक पर्दैन तर e-Bidding को हकमा Letter of Bid मा सहीछाप भने अनिवार्य हुनु पर्दछ।

(ख) बोलपत्र जमानत (Bid security): बोलपत्र साथ जमानत पेश गर्नु पर्ने भए बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिमको किसिम, अवधि र रकमको जमानत संलग्न भए वा नभएको परीक्षण गरिन्छ। बोलपत्र जमानतको नमूना बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको हुन्छ। उक्त नमूनामा उल्लेख भए भन्दा बढी शर्त राखेको वा बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित रकम र समय भन्दा कम रकम र समयको बोलपत्र जमानत स्वीकार्य हुँदैन। साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले बैक जमानत जारी गर्न पाउने संस्थाको प्रकार निर्धारण गरेको छ सो संस्था बाहेकका संस्थाबाट जारी भएको बोलपत्र जमानत पनि मान्य हुँदैन।

(ग) संयुक्त उपक्रम सम्झौता (JV Agreement): यदी संयुक्त उपक्रम बनाएर बोलपत्र दाखिला गरिएको रहेछ भने बोलपत्रसंगै संयुक्त उपक्रम सम्बन्धी सम्झौता पेश गरेको हुनु पर्छ। संयुक्त उपक्रममा बोलपत्र दाखिला गरेको तर संयुक्त उपक्रम सम्झौता पेश नगरेको अवस्थामा उक्त बोलपत्रलाई मान्यता दिन सकिदैन। संयुक्त उपक्रम सम्झौता हेर्दा उक्त ठेक्काको लागी सो सम्झौता भए नभएको र JV Agreement मा दस्तखत गर्ने व्यक्तीले सम्बन्धित कम्पनीबाट सो अधिकार प्राप्त गरे नगरेको हेर्नु पर्दछ।

(घ) मालसामानको ग्राह्यता (Goods Eligibility):  बोलपत्रदाताको र निजले उल्लेख गरेको मालसामानको ग्राह्यता (ईलिजिविलिटि) प्रमाणित गर्ने कागजात पेश भए वा नभएको परीक्षण गरिन्छ।

(ङ) बोलपत्रदाताको योग्यता (Qualification of Bidder): बोलपत्र आह्वान गर्दा बोलपत्रदाताको योग्यता माग गरिएको छ भने निजले योग्यता सम्बन्धी कागजात पेश गरे नगरेको पूर्णताको परीक्षणमा हेरिन्छ। योग्यताको विस्तृत परीक्षण बोलपत्रको मूल्याङ्कनको चरणमा हेरिन्छ भने यस चरणमा योग्यता सम्बन्धी कागजात पेश भए वा नभएको मात्र हेरिन्छ। योग्यता आवश्यक भएको तर योग्यता सम्बन्धी कागजात पेश नभएको अवस्थामा उक्त बोलपत्रलाई विस्तृत मूल्याङ्कनमा समावेश गरिदैन।

(च) दर विश्लेषण (Rate Analysis): बोलपत्र सम्बन्धी कागजात बमोजिम दर विश्लेषण पेश गर्नु पर्ने भए त्यस्तो दर विश्लेषण पेश भए वा नभएको विषय पूर्णताको परीक्षणको क्रममा हेरिन्छ। दर विश्लेषणको परीक्षण बोलपत्र मूल्याङ्कनको चरणमा हेरिएता पनि दर रेट विश्लेषण पेश गरे नगरेको यस चरणमा हेरिन्छ।

(छ) Manufacturer's Authorization Letter: Manufacturer's Authorization Letter माग गरेको अवस्थामा जुन जुन मालसामनको लागि Manufacturer's Authorization Letter आवश्यक पर्ने हो सो सो मालसामानको लागि सम्बन्धित उत्पादकबाट Manufacturer's Authorization Letter पेश भए नभएको परीक्षण यस चरणमा गरिन्छ।

(ज) बोलपत्र सम्बन्धी कागजात दस्तुर (Cost of Bidding Document): E-Bidding मार्फत बोलपत्र सम्बन्धी कागजात खरिद बापत तोकिएको रकम सम्बन्धित खातामा जम्मा गरेको भौचर पेश भए नभएको तथा Hard Copy बोलपत्र दाखिला भएको अवस्थामा उक्त बोलपत्र खरिद भए नभएको परीक्षण गरिन्छ।

(झ) बोलपत्र मान्य हुने अवधिः बोलपत्र मान्य हुने अवधि बोलपत्रदाताले Letter of Bid मा उल्लेख गर्नु पर्ने हुन्छ। बोलपत्रदाताले पेश गरेको बोलपत्रमा मान्य हुने अवधि बोलपत्र सम्बन्धी कागजातमा माग मए बमोजिम न्यूनतम अवधि भए नभएको परीक्षण गरिन्छ र सो बमोजिम न्यूनतम अवधि उल्लेख नभएमा उक्त बोलपत्रलाई मूल्याङ्कनमा समावेश गरिदैन।

(ञ) निशर्त बोलपत्र: बोलपत्र निशर्त हुनु पर्दछ। बोलपत्रमा कुनै शर्त राख्न पाउने गरी बोलपत्र आह्वान भएको अवस्थामा सो हदसम्म आफ्नो शर्त राख्न पाईन्छ अन्यथा बोलपत्रमा कुनै पनि किसिमको शर्त राखिएको रहेछ भने उक्त बोलपत्र अमान्य हुन्छ। जस्तै उदाहरणको लागि बोलपत्र सम्बन्धी कागजातमा १० प्रतिशत पेश्की रकम भुक्तानी गर्ने व्यवस्था भएकोमा बोलपत्रदाताले मलाई २० प्रतिशत पेश्की चाहिन्छ भनेर बोलपत्र दाखिला गर्छ भने उक्त बोलपत्र अमान्य हुन्छ। त्यसैले बोलपत्र मूल्याङ्कन गर्दा बोलपत्रदाताले कुनै शर्त राखे नराखेको हेरिन्छ।

(त) अन्य विषयहरुः उपरोक्त विषयहरुको साथै बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदातालाई दिइएको निर्देशन अनुरुप बोलपत्र पूर्ण भए वा नभएको सम्बन्धमा अन्य विषयहरु पनि यस चरणमा हेरिन्छ। बोलपत्र अनुसार फरक फरक किसिमका कागजपत्र माग हुने हुँदा यो यो विषय हेर्नु पर्छ भनेर भन्न नसकिएता पनि उपरोक्त विषयका साथै निम्न विषयहरु पूर्णताको परीक्षणमा हेरिन्छ।

·       विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्दा नेपालमा प्रतिनिधि भएको निजको कमिसनको जानकारी गराउनुपर्ने गरी बोलपत्र आह्वान भएको भए सो खुल्ने कागजपत्र पेश भए नभएको

·       पूर्व योग्यता निर्धारण भई आह्वान भएको बोलपत्र परीक्षण गर्दा बोलपत्रदाताको योग्यता पूर्व योग्यता अनुरुपको छ वा छैन सो परीक्षण गर्नु पर्नेछ। योग्यता परीक्षण गर्दा पूर्व योग्यता अनुरुपको योग्यता सारभूत रुपमा घटी भएको पाइएमा त्यस्तो बोलपत्रदाताको बोलपत्र रद्द गर्नु पर्नेछ।

५.५. बोलपत्र परीक्षणको क्रममा बोलपत्रदातासंग आवश्यक जानकारी माग गर्न सकिने व्यवस्था कानूनले गरेको छ। बोलपत्र परीक्षण गर्दा आवश्यक भएको मध्ये कुनै एक कागजात संलग्न नभएको अवस्थामा उक्त बोलपत्रलाई बोलपत्र मूल्याङ्कनमा समावेश गरिदैन। पूर्णताको परीक्षणमा सफल हुने बोलपत्र मात्र मूल्याङ्कनमा समावेश गरिन्छ।

. बोलपत्र मूल्याङ्कनमा समावेश नहुने बोलपत्रहरुः

६.१. प्राप्त भएका सबै बोलपत्रहरु मूल्याङ्कनमा समावेश हुन्छन् नै भन्ने हुँदैन। सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ मा निम्न बोलपत्रहरुलाई मूल्याङ्कनमा समावेश नहुने वा बोलपत्र उपर कारबाही नहुने बोलपत्र उल्लेख गरेको छ। यस किसिमका बोलपत्रहरुलाई हटाएर बाँकी बोलपत्रलाई मूल्याङ्कनमा समावेश गरिन्छ।

·       प्रकृया पुरा नभएका बोलपत्र

·       बोलपत्र परीक्षण गर्दा कानूनी ग्राह्यता र पूर्णताको परीक्षणमा असफल हुने बोलपत्रहरु

. बोलपत्र मूल्याङ्कनः

७.१. बोलपत्रको विस्तृत मूल्याङ्कन बोलपत्र मूल्याङ्कनको सबैभन्दा महत्वपूर्ण र तुलनात्मक रुपमा जटिल पक्ष हो। प्रकृया पुरा नभएका बोलपत्र तथा बोलपत्र परीक्षण गर्दा कानूनी ग्राह्यता र पूर्णताको परीक्षणमा असफल हुने बोलपत्रहरु बाहेका अन्य बोलपत्रहरुलाई बोलपत्र मूल्याङ्कनमा समावेश गरिन्छ। बोलपत्र मूल्याङ्कनको पहिलो चरणमा प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ भने दोश्रो चरणमा आर्थिक पक्षको मूल्याङ्कन गरिन्छ। प्राविधिक प्रस्ताव/बोलपत्र र आर्थिक बोलपत्र/प्रस्ताव एउटै खाममा राखेर गरिने एक चरण एक खाम प्रणाली र प्राविधिक प्रस्ताव/बोलपत्र र आर्थिक बोलपत्र/प्रस्ताव छुट्टाछुट्टै खाममा राखेर गरिने एक चरण दुई खाम प्रणालीमा बोलपत्र मूल्याङ्कन प्रकृया भने केही फरक हुन्छ। एक चरण दुई खाम प्रणालीमा पहिलो चरणमा प्राविधिक प्रस्ताव (कानूनी ग्राह्यता, पूर्णता परीक्षण, योग्यताको मूल्याङ्कन, स्पेसिफिकेसनको मूल्याङ्कन, व्यापारिक पक्षको मूल्याङ्कन) को मूल्याङ्कन गरिन्छ र बोलपत्रदातालाई तोकिएको समयावधि (सामान्यतया ७ दिन) को सूचना दिएर प्राविधिक प्रस्तावमा सफल हुने बोलपत्रदाताको मात्र आर्थिक प्रस्ताव खोलिन्छ र आर्थिक प्रस्तावको मूल्याङ्कन गरिन्छ। बोलपत्र मूल्याङ्कनमा कुन कुन विषय हेरिन्छ भन्ने कुरा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुन्छ। सामान्यतया बोलपत्र मूल्याङ्कन मूल्याङ्कन गरिने प्रमुख विषयहरुलाई निम्नानुसार उल्लेख गरिएको छ।

७.२. योग्यताको मूल्याङ्कनः बोलपत्र आह्वान गर्दा बोलपत्रदाताको निश्चित योग्यता निर्धारण गरिएको हुन्छ। योग्यता निर्धारण गर्दा खरिद गर्न खोजिएको बस्तु तथा सेवा आपूर्ति गर्न बोलपत्रदातामा कस्ता कस्ता योग्यता आवश्यक छ भन्ने ठानिएको हुन्छ सोही अनुसार बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको योग्यता निर्धारण गएको हुन्छ। योग्यताको मूल्याङ्कनमा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको योग्यता बोलपत्रदाताले पुरा गर्न सके नसकेको परीक्षण गरिन्छ। बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताले कुन योग्यताको लागि कुन कुन कागजपत्र पेश गर्नुपर्छ भनेर समेत उल्लेख गरिएको हुन्छ साथै बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताले योग्यता सम्बन्धी विवरण भर्नको लागि विभिन्न Bidding Forms राखिएको हुन्छ। बोलपत्रदाताले सोही Bidding Forms मा आफ्नो योग्यता सम्बन्धी तथ्य/विवरणहरु भरेर सो प्रमाणीत गर्ने कागजात बोलपत्रसंगै राखेर पेश गर्नु पर्छ। बोलपत्रदाताले पेश गरेका सोही Bidding Forms सोमा उल्लिखित तथ्यलाई प्रमाणीत गर्ने कागजपत्रका आधारमा बोलपत्रदाताको योग्यताको मूल्याङ्कनमा गरिन्छ। योग्यताको मूल्याङ्कन गर्दा निर्धारण गरिएका प्रत्येक योग्यतामा सम्बन्धित बोलपत्रदाताले सो योग्यता पुरा गर्न सके-नसकेको विस्तृत रुपमा हेरिन्छ। निर्माण कार्यको खरिदमा र मालसामान खरिदमा धेरै प्रयोग हुने योग्यताको मूल्याङ्कन कसरी गरिन्छ भन्ने सम्बन्धमा संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ।

७.३. Pending Litigation (मौजुदा मुद्दा मामिला): बोलपत्रदाता वादी वा प्रतिवादी भएको के कति रकम बरावरको मुद्दा मामिला, मध्यस्थता आदिमा फैसला हुन बाँकी रहेको वा विवदित रकम कति भनेर Pending Litigation मा हेरिन्छPending Litigation को योग्यता निर्धारण गर्दा Pending Litigation रहेको सबै रकमको जोड रकम Net Worth को निश्चित प्रतिशत भन्दा बढी हुन नहुने गरी योग्यता निर्धारण गरिएको हुन्छ। निर्माण कार्यको खरिदमा Pending Litigation को योग्यताको अनिवार्य रुपमा राखिएको हुन्छयसको मूल्याङ्कन गर्दा सम्बन्धित बोलपत्रदाताको Net Worth Pending Litigation रहेको रकम गणना गरिन्छ र आपसमा तुलना गरेर हेरिन्छउदाहरणको लागि Pending Litigation रकम Net Worth को ५० प्रतिशत भन्दा बढी हुन नहुने गरी योग्यता निर्धारण गरिएको रहेछ कुनै बोलपत्रदाताको Pending Litigation को जोड करोड निजको Net worth करोड ८० लाख रहेछ भने निजको Pending Litigation कफ रकम निजको Net Worth को ५० प्रतिशत भन्दा बढी हुन आयोत्यसैले उक्त बोलपत्रदाताले उक्त योग्यता पुरा गर्न सकेन     

७.४. आर्थिक अवस्था सम्बन्धी योग्यता मूल्याङ्कनः बोलपत्रदाता आर्थिक पक्षको योग्यताको लागि विभिन्न किसिमका योग्यताहरु निर्धारण गरिएको हुन्छआर्थिक अवस्था थाहा पाउनको लागि सामान्यतया निम्न किसिमका योग्यताहरु निर्धारण गर्ने गरिन्छ

() वित्तिय सक्षमता/ Historical Financial Performance: बोलपत्रदाताको आर्थिक सक्षमता हेर्नको लगि Historical Financial Performance योग्यता निर्धारण गरिएको हुन्छबोलपत्रदाताको आर्थिक अवस्था ज्यादै खस्किएको रहेछ भने त्यस्तो फर्म वा कम्पनीलाई कामको जिम्मा दिनु जोखिमपूर्ण हुन्छत्यसैले बोलपत्रदाताको आर्थिक अवस्था कस्तो रहेको भन्ने पत्ता लगाउन र जोखिमयुक्त अवस्थामा रहेको फर्म वा कम्पनी पहिचानको लागि यो योग्यता निर्धारण गरिएको हुन्छयस योग्यताको मूल्याङ्कन गर्दा देखी बर्षको वित्तीय विवरणको विश्लेषण गरी उक्त फर्म/कम्पनीको आर्थिक अवस्था ज्यादै कमजोर रहेको वा आर्थिक अवस्था ज्यादै खस्कदो रहे नरहेको विश्लेषण गरिन्छठूला ठूला ठेक्काहरुमा यसरी वित्तीय विवरणको विश्लेषण गरी फर्म/कम्पनीको वित्तीय अवस्था एकिन गर्ने गरिएता पनि साना किसिमका ठेक्काहरुमा न्यूनतम पनि गत आर्थिक बर्षको Net Worth सकरात्मक रहे नरहेको हेरिन्छNet Worth नकरात्मक हुनु भनेको सम्पत्ती भन्दा दायित्व बढी भएको अवस्था होत्यसैले Net Worth नकरात्मक भएको बोलपत्रदातालाई योग्य बोलपत्रदाता मानिदैनNet Worth को गणना गर्दा सम्बन्धित बोलपत्रदाताको बासलातले देखाएको जम्मा सम्पत्तिबाट जम्मा दायित्व घटाएर निकालिन्छ

() वित्तीय श्रोत माथिको पहुँच/ Financial Resources: यस योग्यतामा बोलपत्रदाता खासगरी Working Capital को लागि रकम जुटाउन सक्ने क्षमता राख्छ कि राख्दैन भनेर हेरिन्छनिर्माण व्यवसायी वा आपूर्तिकर्तालाई पेश्की रकम भुक्तानी गर्ने व्यवस्था भएता पनि निजले पहिले आफ्नो रकमबाट बस्तु तथा सेवा आपूर्ति गर्ने र निश्चित अन्तराल पश्चात निजलाई रकम भुक्तानी गरिन्छ। साथै कतिपय अवस्थामा विभिन्न कारणले रकम भुक्तानीमा ढिलाई समेत हुन सक्छयदी Working Capital को लागि आवश्यक पर्ने न्यूनतम रकममा पहुँच नभएको निर्माण व्यवसायी वा आपूर्तिकर्ता भएमा निजको कार्यसम्पादन प्रभावकारी हुँदैनFinancial Resources को मूल्याङ्कन गर्दा निजको आफ्नो working Capital रकम, निजले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने क्षमता (Line of Credit/overdraft/Short Term Bank Loans/Merchant Cash Advances/Invoice Financing/Payday Loans) समेतका आधारमा निजको श्रोत माथिको पहुँच कि छैन भनेर मूल्याङ्कन गरिन्छबोलपत्र सम्बन्धी कागजातमा न्यूनतम निश्चित रकम बरावरको वित्तीय श्रोत माथिको पहुँच भएको हुनुपर्ने गरी योग्यता निर्धारण गरिएको हुन्छ सो योग्यताको मूल्याङ्कन गर्दा माग गरेको योग्यता अनुसारको श्रोत माथिको पहुँच भए नभएको हेरिन्छ पहुँच नभएको अवस्थामा उक्त बोलपत्रलाई योग्य मानिदैन

() औषत कारोबार रकम/ Average Annual Turnover: बोलपत्रदाताको कारोवार रकम न्यूनतम कुन साइजको हुनुपर्ने भन्ने विषयको लेखाजोखा गर्ने काम यो योग्यता मूल्याङ्कन हुन्छनिश्चित साइजको बार्षिक कारोवार नगरेको निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सम्झौता बमोजिमको बस्तु तथा सेवा प्रदान गर्न नसक्न पनि सक्छ भन्ने आधारमा यो योग्यता निर्धारण गरिएको होनिर्माण कार्यको हकमा विगत दश बर्ष मध्ये सबैभन्दा धेरै कारोवार भएका तीन वर्षहरुको औषत कारोवार रकमलाई योग्यता मूल्याङ्कनको आधार बनाईने प्रचलन रहेको भने मालसामान खरिदमा सार्वजनिक निकायले विभिन्न किसिमले योग्यता माग गर्न सक्छनिर्माण कार्यको बोलपत्रमा Average Annual Turnover को योग्यता मूल्याङ्कन गर्दा निर्माण कार्यमा भएको कारोवारको मात्र मूल्याङ्कन गरिन्छनिर्माण कार्य वाहेक अन्य व्यवसायबाट भएको कारोवारलाई निजको औषत कारोवारको गणनामा समावेश गरिदैनयसको मूल्याङ्कन गर्दा सर्वप्रथम निजले पेश गरेको बोलपत्रमा रहेको Bidding Forms मा निजले उल्लेख गरेको औषत कारोवार रकम कति भन्ने हेरिन्छ निजले पेश गरेको सम्बन्धित आर्थिक बर्षको आय व्याय विवरणले निजले Bidding Forms मा उल्लिखित तथ्यलाई प्रमाणित गर्छ वा गर्दैन भनेर एक एक गरी Verify गर्ने काम गरिन्छ। औषत बार्षिक कारोवार रकमको गणना गर्दा राष्ट्रिय बोलपत्रदाताको हकमा कारोवार रकमलाई National Wholesale Price Index का आधारमा आजको मुल्यमा ल्याएर गणना गर्न सकिन्छ।

७.५. अनुभव सम्बन्धी योग्यताको मूल्याङ्कनः बोलपत्रदाताको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भए नभएको हेर्नको लागि अनुभव सम्बन्धी योग्यता निर्धारण गरिएको हुन्छ। त्यस क्षेत्रको ज्ञान भएको वा अनुभव भएको बोलपत्रदातालाई मात्र कामको जिम्मा दिनको लागि अनुभव सम्बन्धी योग्यता निर्धारण गरिएको हुन्छ। अनुभव सम्बन्धी योग्यतामा बढी प्रयोग हुने योग्यताहरु र तिनको मूल्याङ्कनको संक्षिप्त परिचय यहाँ उल्लेख गरिएको छ।

(क)  सामान्य अनुभव (General Experience): सामान्य अनुभवबाट खरिद गर्न खोजिएको बस्तु तथा सेवाको व्यवसायको क्षेत्रमा बोलपत्रदाताको कति वर्ष देखी संलग्न रहेको छ भन्ने हेर्न खोजिन्छ। ज्यादै नयाँ फर्म/कम्पनीलाई कामको जिम्मा दिनु जोखिमपूर्ण हुने भएकोले निश्चित अवधिसम्म उक्त व्यवसायमा क्रियासित रहेको अनुभव खोजिन्छ। खरिदको प्रकृति हेरी सामान्यतया ३ देखी ५ वर्षको अनुभाव माग गरिन्छ तर ठूला र जटिल किसिममा कामको लागि सो भन्दा बढी बर्षको अनुभव पनि माग गर्न सकिन्छ। यसको मूल्याङ्कन गर्दा निजको उक्त व्यवसायमा अनुभवको अवधि बोलपत्र सम्बन्धी कागजातमा माग गरे बमोजिम भए नभएको हेरिन्छ।

(ख)  सम्बन्धित क्षेत्रको अनुभव (Specific Experience): सामान्य अनुभवको योग्यतामा बोलपत्रदाता उक्त व्यवसायमा कति वर्षदेखी रहेको भन्ने हेरिन्छ भने सम्बन्धित क्षेत्रको अनुभवमा जुन बस्तु तथा सेवा खरिद गर्न खोजिएको छ सोही किसिमको बस्तु तथा सेवा आपूर्ति वा निर्माण गरे नगरेको हेरिन्छ। जस्तै उदाहरणको लागि हामिले अस्पताल भवन निर्माणको लागि बोलपत्र आह्वान गरेका छौ भने बोलपत्रदाताले सोही किसिमको अस्पताल भवन विगतमा बनाएको अनुभव रहे नरहेको हेरिन्छ। त्यस्तै हामीले कुनै Database Server खरिदको लागि बोलपत्र आह्वान गरेका रहेछौं भने निजले त्यस्तै किसिमको Database Server बनाएको अनुभव रहे नरहेको हेरिन्छ। निर्माण कार्यको बोलपत्रमा Specific Experience माग गर्दा निर्माण गर्न खोजिएको कार्यको लागत अनुमानको सामान्यतया ८० प्रतिशत रकम बरावरको सोही प्रकृतिको काम सम्पन्न भएको वा अधिकांश सम्पन्न भएको ठेक्का गरेको अनुभव माग गर्ने व्यवस्था छ। त्यसरी माग गर्दा सामान्य किसिमको काम रहेछ भने एउटा ठेक्काको अनुभव माग गरिन्छ भने जटिल किसिमको काम रहेछ भने दुई वटा ठेक्काको अनुभव माग गरिन्छ।

यसको मूल्याङ्कन गर्दा ठेक्काको संख्या, ठेक्काको रकम र कामको प्रकृति गरी योग्यताका तीन पक्षलाई हेरिन्छ। सर्वप्रथम बोलपत्रदाताले Specific Experience को लागि पेश गरेको कामको अनुभवको प्रमाणपत्रमा उल्लिखित काम हामिले गर्न खोजिएको कामको प्रकृतिसंग मेल खान्छ वा खाँदैन भनेर हेरिन्छ। समान प्रकृतिको काम हो होइन भनेर के विषयलाई हेर्ने भन्ने सम्बन्धमा नमुना बोलपत्र सम्बन्धी कागजातमा भएको “The similarity shall be based on the physical size, complexity, methods, technology or other characteristics as described in Section VI, Works Requirements” महत्वपूर्ण रहेको छ । यसैका आधारमा बोलपत्रदाताले पेश गरेको अनुभव समान प्रकृतिको काम भए नभएको एकिन गरिन्छ ।बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम कामको साइज, जटिलता, काम गर्ने तरिका, प्रविधि वा अन्य विशेषता समेतका आधारमा गर्न खोजिएको काम संग निजको अनुभवलाई तुलना गरेर हेरिन्छ। त्यसैले Specific Experience को मूल्याङ्कन पूर्णरुपमा Objective किसिमको भने हुँदैन। संक्षेपमा भन्दा हामिले गर्न खोजे जस्तै कामको अनुभव रहे नरहेको हेरिन्छ।

समान किसिमको काम भएको अवस्थामा उक्त कामको रकम हामिले माग गरेको रकम पुग्छ की पुग्दैन भनेर हेरिन्छ। उदाहरणको लागि १० करोड बरावरको अस्पताल भवन निर्माण गर्न खोजिएको छ र लगभग ८ करोड बरावरको दुई अस्पताल भवनको अनुभव माग गरिएको रहेछ भने निजले ८ करोड भन्दा बढीका दुई वटा अस्पताल भवनको ठेक्का गरेको अनुभव छ छैन भनेर हेरिन्छ। ४- करोडका चारवटा अस्पतालको ठेक्का गरेको रहेछ भने त्यसलाई समान किसिमको अनुभव मानिदैन। यदी JV मा बोलपत्र दाखिला भएको रहेछ भने एउटा ठेक्काको अनुभव माग गरेको अवस्थामा JV का सदस्य मध्ये कुनै एकको उक्त कामको अनुभव भएको हुनुपर्छ भने दुईवटा ठेक्काको अनुभव माग गरिएको रहेछ भने JV का सदस्यहरु मध्ये कुनै एक सदस्यले दुवै ठेक्काको वा दुई सदस्यको एक एक ठेक्काको अनुभव भएको हुनु सक्दछ। वोलपत्रदाता नेपाली रहेछ भने कार्य अनुभवको रकमलाई National Wholesale Price Index प्रयोग गरेर आजको मूल्यमा ल्याएर मूल्याङ्कन गर्न सकिन्छ।

(ग)  विशेष कामको अनुभव (Key Activities): आपूर्ति वा निर्माण कार्यमा कुनै खास किसिमको काम रहेको र Specific Experience को योग्यताले मात्र नसमेट्ने अबस्थामा विशेष कामको अनुभव माग गरिन्छ। विशेष कामको अनुभवको मूल्याङ्कन गर्दा माग गरिएको योग्यता बमोजिमको काम गरे नगरेको हेरिन्छ।

(घ) उत्पादनको क्षमताः निश्चित समयमा तोकिए बमोजिमको संख्यामा बस्तु तथा सेवा आपूर्ति गर्नको लागि निज उत्पादक वा निर्माणकर्तासंग निश्चित उत्पादन क्षमता हुनु पर्दछ। मालसामान खरिदमा मालसामानको उत्पादकले बस्तु आपूर्तिको लागि निर्धारण गरिएको समयमा त्यती परिणामको मालसामान उत्पादन गर्न सक्ने क्षमता राख्छ की राख्दैन भनेर हेरिन्छ। जस्तै उदाहरणको लागि ३ महिनामा ६०० सिमेन्ट पोल आपूर्ति गर्नेगरी खरिदको लागि बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्रदाताको औषत मासिक पोल उत्पादन क्षमता कम्तिमा २०० पोल हुन आवश्यक हुन्छ। निजको पोल उत्पादन गर्ने प्लान्टको क्षमता सो बमोजिमको रहे नरहेको हेरिन्छ। निर्माण कार्यमा पनि सोही किसिमले निजको विगतमा गरेको कामको आधारमा निजको उत्पादन क्षमता गणना गरिन्छ। उदाहरणको लागि १ बर्षमा ५००० वर्ग मि. अस्पाल कालोपत्रे गर्नको लागि बोलपत्र आह्वान गरिएको रहेछ भने बोलपत्रदाताको सो किसिमको कालोपत्रे गर्ने क्षमता कम्तिमा पनि १ बर्षमा ५००० वर्ग किमि. हुनु पर्दछ। यसको मूल्याङ्कन गर्दा विगतमा कुनै १ आर्थिक बर्ष भित्र कम्तिमा पनि सो परिमाणको कालोपत्रे गरेको गरेको छ वा छैन भनेर हेरिन्छ।

७.६. जनशक्ती सम्बन्धी योग्यताको मूल्याङ्कनः मालसामान खरिदको हकमा मालसामानको जडान तथा संचालनको लागि तथा निर्माण कार्यको खरिदमा समग्र निर्माण कार्यको व्यवस्थापनको लागि निश्चित विशेषज्ञ ज्ञान भएका जनशक्ति आवश्यक पर्छ। त्यसको लागि खरिदमा निश्चित योग्यता भएको जनशक्तिलाई पनि बोलपत्रदाताको योग्यताको रुपमा लिइएको हुन्छ। बोलपत्र सम्बन्धी कागजातमा जुन जुन जनशक्तिको योग्यता जुन जुन किसिमको हुनुपर्छ भनिएको छ सो सो किसिमको जनशक्ति निज बोलपत्रदातासंग भए नभएको वा त्यस किसिमका जनशक्तिले निजसंग काम गर्ने प्रतिवद्धता जनाए नजनाएको हेरिन्छ। जनशक्तिको मूल्याङ्कन गर्दा जनशक्तिको शैक्षिक योग्यता, सामान्य कार्य अनुभव, विशेष कार्य अनुभव साथै माग गरिएको संख्यामा भए नभएको हेरिन्छ। जुन किसिमको जनशक्ति माग गरिएको छ सो किसिमको जनशक्ति नभएमा उक्त बोलपत्रदाताले सो योग्यता पुरा गरेको मानिदैन।

७.७. मेशिन औजार सम्बन्धी योग्यताको मूल्याङ्कनः जनशक्ति जस्तै विभिन्न किसिमका मेसिन तथा औजारहरुलाई बोलपत्रदाताको योग्यताको रुपमा राखिएको हुन सक्छ। खासगरी धेरै मूल्य पर्ने, सहजै उपलव्ध नहुने तथा नियमित कामको लागि निजसंगै हुनुपर्ने किमिमका मेसिन औजारलाई बोलपत्रदाताको योग्यताको रुपमा माग गरिएको हुन्छ। यसको मूल्याङ्कन गर्दा माग गरिए बमोजिमका मेसिन औजारहरु निजसंग भए नभएको वा त्यस्ता मेसिन औजार भाडामा आपूर्ति गर्ने संस्थाले आपूर्ति गर्ने प्रतिवद्धता जनाए नजनाएको मूल्याङ्कन गरिन्छ। बोलपत्र सम्बन्धी कागजातमा माग गरिए बमोजिमका मेसिन औजार निजसंग नभएमा वा निजले अन्य संस्थाबाट ल्याउन सक्ने क्षमता प्रदर्शन नगरेमा उक्त बोलपत्रदातालाई योग्य बोलपत्रदाता मानिदैन।

७.८. सव-कन्ट्रयाक्टर सम्बन्धी मूल्याङ्कनः खासगरी निर्माण कार्यको खरिदमा निर्माण व्यवसायीले आँफूले पाएको कामको अधिकतम २५ प्रतिशत काम अन्य संस्थाबाट सव-कन्ट्रयाक्टरमा गराउन सक्ने व्यवस्था कानूनमा गरिएको छ। सव-कन्ट्रयाक्टरमा काम गराउन सकिने नसकिने, कुन-कुन काम गराउन सकिने र कुन-कुन काम कति प्रतिशत सम्म गराउन सकिने भन्ने विषय बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको हुन्छ। सव-कन्ट्रयाक्टरबाट काम गराउन सकिने किसिमले बोलपत्र आह्वान गरिएको अवस्थामा सव-कन्ट्रयाक्टरको योग्यता पनि निर्धारण गरिएको हुन्छ। सव-कन्ट्रयाक्टरको योग्यताको मूल्याङ्कन गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित भए बमोजिमको योग्यताका आधारमा गरिन्छ। सव-कन्ट्रयाक्टरको योग्यताको मूल्याङ्कन गर्ने प्रकृया माथी उल्लिखित बोलपत्रदाताको योग्यताको मूल्याङ्कन जस्तै नै हो। सव-कन्ट्रयाक्टरको योग्यता नपुगेको अवस्थामा निज बोलपत्रदाता अयोग्य हुँदैन तर सव-कन्ट्रयाक्टरबाट काम गराउन भने पाँउदैन।

८. प्राविधिक पक्षको मूल्याङ्कनः

८.१. बोलपत्रको प्राविधिक पक्षको मूल्याङ्कनमा मुख्यतया मालसामानको हकमा मालसामानको प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ भने निर्माण कार्यको हकमा वोलपत्रदाताको सम्बन्धित निर्माण कार्यको प्राविधिक ज्ञान आदिको बारेमा विश्लेषण गरिन्छ। प्राविधिक पक्षमा के के विषयको परीक्षण गरिन्छ भन्ने विषय बोलपत्र अनुसार फरक फरक हुन्छ। बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएका मूल्याङ्कनका आधारहरुमा (Evaluation Criteria) मा उल्लिखित विषयबस्तुलाई मूल्याङ्कनको आधार बनाइन्छ। प्राविधिक पक्षमा मूल्याङ्कन गरिने प्रमुख विषयहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ।

८.२. स्पेसिफिकेसनको मूल्याङ्कनः मालसामान खरिदमा स्पेसिफिकेसनको मूल्याङ्कन एक महत्वपूर्ण पक्ष हो। मालसामान खरिदमा मात्र नभएर निर्माण कार्यको खरिदमा समेत कुनै विशिष्ठ किसिमको मालसामान राखिएको अवस्थामा सो मालसामानको समेत मूल्याङ्कन आवश्यक पर्न सक्छ। स्पेसिफिकेसनको मूल्याङ्कनमा बोलपत्र सम्बन्धी कागजातमा माग गरिएको स्पेसिफिकेसनसंग बोलपत्रदाताले प्रस्ताव गरेको मालसामानको स्पेसिफिकेसन तुलना गरेर हेरिन्छ। स्पेसिफिकेसनको मूल्याङ्कन गर्दा स्पेसिफिकेसनको प्रत्येक Item हरु संग तुलना गरेर हेरिन्छ।

खरिदकर्ताले आग्रह गरेको विशेषता अनुसारको मालसामन निर्माण गरेर दिने प्रकृतिको मालसामानलाई Tailor Made मालसामन भनिन्छ जस्तै उदाहरणको लागि अक्सिजन प्लान्ट त्यस्तै बनिबनाउँ भएको मालसामानलाई Ready Made मालसामन भनिन्छ। Tailor made Ready made मालसामनको स्पेसिफिकेसन मूल्याङ्कनको प्रकृया भने फरक फरक हुन्छ। Tailor made मालसामानको बोलपत्रमा बोलपत्रदाताले सबै अवस्थामा Model No. दिन सक्दैन। बोलपत्रदाताले केवल स्पेसिफिकेसनको कुन कुन Item कति वा कस्तो वा कत्रो बनाएर दिन सक्छु वा कुन कुन Item दिन सक्दिन भनेर उल्लेख मात्र गरेको हुन्छ। उक्त कुरा उत्पादनकर्ताको कुनै CatLog वा Brochure बाट हेर्न सकिदैन। त्यसैले Tailor Made खालका मालसामनको स्पेसिफिकेसन मूल्याङ्कन गर्दा बोलपत्रदाताले स्पेसिफिकेसन सम्बन्धमा गरेको प्रतिवद्धतालाई आधार मानेर गरिन्छ तर Ready Made मालसामनको मूल्याङ्कन गर्दा Tailor made मालसामान जस्तै बोलपत्रदाताले पेश गरेको स्पेसिफिकेसनको साथै निजले प्रस्ताव गरेको मालसामनको Brand Name अथवा Model No का आधारमा निजले पेश गरेको स्पेसिफिकेसन भिड्छ कि भिड्दैन भनेर समेत हेरिन्छ। बोलपत्रदाताले स्पेसिफिकेसनमा राखेको विवरणले निजले पेश गरेको CatLog वा Brochure अथवा विभिन्न वेभसाईटबाट समेत निजको भनाई ठिक छ कि छैन भनेर भिडाएर हेरिन्छ। निजले गरेको दावी र CatLog वा Brochure मा रहेको तथ्य विचमा फरक भएमा निजसंग थप जानकारी माग गरी प्रष्ट गरिन्छ।

८.३. Adequacy of Technical Proposal: खासगरी ठूला तथा जटिल किसिमका निर्माण कार्यमा बोलपत्रदातालाई काम सम्पादनको खाका प्रस्तुत गर्न लगाइन्छ र उक्त खाकाको मूल्याङ्कन गरिन्छ। बोलपत्र सम्बन्धी कागजातमा त्यस्तो प्रस्तावमा कस्ता कस्ता विषयहरु समेटिनु पर्छ भनेर उल्लेख गरिएको हुन्छ र बोलपत्र मूल्याङ्कनमा निजले पेश गरेको प्राविधिक प्रस्तावले समेट्नुपर्ने विषयहरु समेटे नसमेटेको तथा उक्त पेश गरेको प्रस्तावबाट निजले उक्त काम गर्न सक्ने नसक्ने विषयको मूल्याङ्कन गरिन्छ। निजले पेश गरेको प्रस्ताव पर्याप्त नभएमा वा प्रस्तावमा उल्लिखित विषय बस्तुबाट निज निर्माण व्यवसायीले उक्त काम सम्पादन गर्न सक्दैन भन्ने लागेमा उक्त बोलपत्रलाई मूल्याङ्कनमा प्रकृयाबाट हटाइन्छ। प्राविधिक प्रस्तावको पर्याप्तताको मूल्याङ्कन गर्दा निर्माण कार्यको कार्य योजना, कार्यसम्पादन तालिका र परिचालन समय बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको भए वा नभएको हेरिन्छ।

. व्यापारीक पक्षको मूल्याङ्कनः

९.१. बोलपत्र व्यापारिक पक्षको मूल्याङ्कनमा खासगरी व्यवसायिक सर्तको बारेमा मूल्याङ्कन गरिन्छ। यस्ता शर्तहरुको प्रत्यक्ष सम्बन्ध ठेक्का रकमसंग हुने हुँदा यो महत्वपूर्ण रहन्छ। व्यापारिक पक्षको मूल्याङ्कनमा के के विषयको मूल्याङ्कन गर्ने भन्ने विषय बोलपत्र अनुसार फरक फरक हुन्छ। बोलपत्र सम्बन्धी कागजातमा कस्ता कस्ता मूल्याङ्कनका आधारहरु उल्लेख गरिएको छ सोका आधारमा कुन कुन विषय मूल्याङ्कन गर्ने भन्ने हुन्छ। व्यापारिक पक्षको मूल्याङ्कनमा खासगरी भुक्तानीका सर्त, आपूर्ति गर्ने समय, क्षतिपूर्ति तथा पुरस्कार, वारेन्टी वा ग्यारेन्टी, स्पेयर्स पार्टस् आदिको बारेमा मूल्याङ्कन गरिन्छ। व्यापारिक पक्षको मूल्याङ्कनमा मूल्याङ्कन गरिने प्रमुख विषयहरुलाई यहाँ उल्लेख गरिएको छ।

९.२. निर्माण अवधि वा मालसामान आपूर्तिको अवधिः बोलपत्रमा सामान्यतया निर्माण अवधि वा मालसामान आपूर्ति गर्ने समयावधि पहिले नै निर्धारण गरिएको हुन्छ र उक्त अवधिमा निजले उक्त मालसामान आपूर्ति गर्न गरी बोलपत्र पेश गर्नु पर्छ र उक्त अवधिमा निर्माण कार्य वा मालसामान आपूर्ति गर्न नसक्ने गरी पेश भएकोको बोलपत्रदाताको बोलपत्रलाई योग्य मानिदैन। तर कहिले काँही निर्माण अवधि वा मालसामान आपूर्ति गर्ने समयलाई लचकदार बनाएर बोलपत्रदातालाई नै तोक्ने दिने र त्यसको पनि मूल्याङ्कन गर्ने किसिमले बोलपत्र आह्वान गर्न सकिन्छ। छिटो निर्माण भएमा वा बस्तु आपूर्ति भएमा छिटो सेवा प्रवाह गर्न सक्ने भएकोले छिटो निर्माण गर्ने वा बस्तु आपूर्ति गर्नलाई प्रोत्साहन दिने किसिमले मूल्याङ्कनका आधारहरु निर्धारण गर्ने गरिएको हुन्छ। उदाहरणको लागि कुनै अक्सिजन प्लान्ट जडानको लागि बोलपत्र आह्वान गरिएको र त्यस किसिमको प्लान्ट जडानको लागि सामान्यतया ३ महिना लाग्ने रहेछ भने ३ महिना भित्र जडान गर्नुपर्ने भनेर मात्र बोलपत्र आह्वान नगरी त्यो भन्दा छिटो जडान गर्न सक्ने बोलपत्रदातालाई फरक किसिमले मूल्याङ्कन गर्छु भनेर बोलपत्र आह्वान गर्न सकिन्छ। छिटो जडान गर्न सक्नेलाई प्रति दिन कबोल रकमको निश्चित प्रतिशतका रकम बढी हुँदा सम्म बढी भएको नमानिने किसिमले मूल्याङ्कन गर्ने गरी मूल्याङ्कनका आधारहरु निर्धारण गरिएको हुन्छ। यस्तो अवस्थामा सबै बोलपत्रदातालाई एकै स्तरमा (Equal Footing) मा ल्याएर मूल्याङ्कन गर्नु पर्ने हुन्छ। मूल्याङ्कन प्रयोजनको लागि निजको जति दिन छिटो काम सम्पन्न गर्छु भनेर प्रस्ताव पेश गरिएको छ त्यति दिन बरावरको रकम कबोल अंकमा घटाएर मूल्याङ्कन गरिन्छ।   

९.३. भुक्तानीको शर्तः सामान्यतया पेश्की रकम भुक्तानी वा विल रकम भुक्तानीको निश्चित शर्त निर्धारण गरिएको हुन्छ। बोलपत्र आह्वान गर्दा त्यसरी भुक्तानीका सर्त सार्वजनिक निकायले नतोकि बोलपत्रदातालाई तोक्न दिने र बोलपत्रदाताले पेश गरेको प्रस्ताव अनुसार बोलपत्रको मूल्याङ्कन गर्ने गरिन्छ। बोलपत्र सम्बन्धी कागजातमा मूल्याङ्कनका कुन किसिमका व्यवस्थाहरु राखिएका छ सोही बमोजिमले मूल्याङ्कन गरिन्छ। जस्तै उदाहरणको लागि पेश्की रकम भुक्तानी नगर्ने र यदी पेश्की लिन चाहाने बोलपत्रदाताले जति प्रतिशत पेश्की रकम भुक्तानी लिन चाहेको हो त्यसको पाँच प्रतिशत रकम कबोल अंकमा जोडेर बोलपत्र मूल्य कायम गरिने भन्ने मूल्याङ्कनको तरिका निर्धारण गरिएको रहेछ र कुनै बोलपत्रदाताले १० प्रतिशत रकम पेश्की लिन चाहन्छु भनेर बोलपत्र पेश गर्छ भने उसको कबोल रकममा .५ प्रतिशत थप हुन आउँछ।  

९.४. स्पेयर्सपार्टस्, मर्मत संभार वा Life Cycle Cost: मालसामान खरिदमा स्पेयर्स पार्टस्‌ तथा Life Cycle Cost आदिलाई समेत आधार बनाइएको हुन्छ। स्पेयर्स पार्टस्‌ पेश गर्न सक्ने नसक्ने, कति मूल्यमा उपलव्ध गराउने आदि जस्ता विषयहरुलाई मूल्याङ्कनको आधार बनाइएको हुन्छ। बोलपत्रको मूल्याङ्कन गर्दा निर्धारण गरिएको मूल्याङ्कनका आधारमा गरिन्छ। निश्चित बर्षसम्म स्पेयर्स पार्टस्‌ उपलव्ध गराउन सक्ने नसक्ने, प्रस्ताव गरिएको मूल्य स्वीकार्य भए नभएको, Life Cycle Cost निर्धारणको लागि बनाइएका आधारहरु आदिका आधारमा मूल्याङ्कन गरिन्छ। हाम्रोमा पर्याप्त ज्ञानको अभावको कारण यस किसिमको योग्यता निर्धारण गर्ने गरिएको पाइदैन।  

१०. आर्थिक मूल्याङ्कनः

१०.१. बोलपत्रको प्राविधिक पक्षको मूल्याङ्कन पश्चात बोलपत्रको आर्थिक पक्षको मूल्याङ्कन गरिन्छ। आर्थिक पक्षको मूल्याङ्कनमा सामान्यतया निम्न पक्षको मूल्याङ्कन गरिन्छ।

१०.२. अंकगणितीय शुद्धताः बोलपत्रदाताले बोलपत्रमा मूल्य लेख्दा विभिन्न किसिमका गल्तिहरु गरेका हुन सक्छन्। बोलपत्रमा केरमेट हुने, अंक र अक्षरमा फरक हुने, जोड जम्मा नमिल्ने आदि विभिन्न किसिमका गल्तिहरु हुन सक्छन्। त्यस्ता अधिकांश गल्तिहरु बोलपत्र खोल्ने क्रममा मुचुल्कामा लेखिएको पनि हुन्छ। मुचुल्कामा लेखिएको विवरण समेतलाई ध्यानमा राखेर बोलपत्रमा अंगगणितीय शुद्धता गरिन्छ।

इकाई दर सम्झौतामा यदि इकाईको मूल्य र इकाई मूल्य तथा परिमाणको गुणन गरी निकालिएको जम्मा मूल्यमा फरक भएमा इकाई मूल्यलाई ठीक मानी जम्मा मूल्यलाई सच्याइन्छ। यदि कूल जम्मामा जम्माहरुको जोड वा घटाउ गर्दा गल्ति भएको रहेछ भने जम्मालाई ठीक मानी कूलजम्मा लाई सच्याइन्छ। अंक र अक्षरमा फरक भएमा अक्षरमा लेखिएको रकमलाई ठीक मानिन्छ। अक्षरमा उल्लेख गरिएको रकम गणितीय त्रुटीसँग सम्बन्धित रहेछ भने यस्तो अवस्थामा माथि माथि उल्लेख भए बमोजिम अंकमा लेखिएको रकमलाई ठीक मानिन्छ। तर यदि मूल्याङ्कन समितिलाई इकाईदरमा स्पष्टरुपमा दशमलव बिन्दु गलत ठाउँमा परेको रहेछ भन्ने लागेमा कबोल गरेको जम्मा मूल्यलाई ठीक मानी इकाई दरलाई सच्याइने छ। बोलपत्रदाताले Bill of Quantity मा उल्लेख भएका सबै आईटमहरुका लागि दर र मूल्य भर्नु पर्ने हुन्छ। बोलपत्रदाताले कुनै आईटमको दर वा मूल्य भरेको छैन भने त्यसलाई शुन्य रकम मानेर मूल्याङ्कन गरिन्छ तर कामको कार्यान्वयन गरेपछि यस्तो आईटमको भुक्तानी भने गरिदैन। यसरी त्रुटि सच्याएकोमा त्यसरी त्रुटि सच्याएको जानकारी सम्बन्धित बोलपत्रदातालाई दिनु पर्दछ।

१०.३. छुट प्रस्तावको मूल्याङ्कन: बोलपत्रको निवेदन (Letter of Bid) मा कबोल अंक उल्लेख गर्दा कुनै छुट प्रस्तावको रकम वाहेकको कूल कबोल अंक उल्लेख गर्नु पर्ने हुन्छ र बोलपत्रदाताले कुनै छुट प्रस्ताव गर्न चाहेमा सोही निवेदनमा छुट प्रस्ताव गरेको हुन्छ। बोलपत्रदाताले कहिलेकाँही बोलपत्रको निवेदनमा छुट प्रस्ताव नगरी छुट्टै पत्र मार्फत वा BOQ मा छुट प्रस्ताव गरेको हुन सक्छ। यदी कुनै छुट प्रस्ताव गरेको रहेछ भने बोलपत्र खोल्ने मुचुल्कामा अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ र मुचुल्कामा उल्लेख नभएको छुट प्रस्तावलाई मूल्याङ्कनमा समावेश गरिदैन। छुट प्रस्ताव गर्दा सामान्यतया प्रतिशतमा छुट प्रस्ताव गरिएको हुन्छ तर कहिलेकाँही बोलपत्रदाताले प्रतिशतमा छुट प्रस्ताव नगरी रकममा प्रस्ताव गरेको पनि हुन सक्छ। विभिन्न सम्झौताका लागि कबोल रकम उल्लेख गर्न र एउटै बोलपत्रदातालाई बहु-सम्झौता प्रदान गर्न सकिने कुरा यदि बोलपत्र सम्बन्धी कागजातले अनुमति दिएको अवस्थामा विभिन्न सम्झौतालाई एकैठाउँमा न्यूनतम मूल्याङ्कित कबोल अंक कायम गर्ने तरिका र बोलपत्रको निवेदनमा उल्लेख गरेको छुट प्रस्ताव कार्यान्वयन गर्ने तरिका अथवा Cross Discount को मूल्याङ्कन बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम गरिन्छ।

१०.४. निर्माण कार्यको विशेष मूल्याङ्कनः निर्माण कार्यको बोलपत्र मूल्याङ्कन अन्य विषयका साथै Unbalanced Bid Substantial Low Bid विषयहरुको वारेमा विश्लेषण गरिन्छ।

(क) Unbalanced Bid: यस विषयमा दुई पक्षको विश्लेषण गरिन्छ पहिलो Front Loading गरे नगरेको र दोश्रो कुनै आइटममा सार्वजनिक निकायले न्यून लागत अनुमान गरेको आइटममा बोलपत्रदाताले अस्वाभाविक उच्च दर उल्लेख गरे नगरेको विषय। बोलपत्रमा प्रारम्भिक चरणमा गरिने निर्माण कार्यको लागि बढी दरले उल्लेख गरेको अवस्थालाई Front Loading भनिन्छ। Front Loading गर्दा निर्माण व्यवसायीलाई पछि प्राप्त हुने रकम पहिले नै प्राप्त हुन्छ। यस्तो अवस्थामा पछिको काम गर्न ढिलाई गर्ने साथै पछिल्लो काम नगर्ने जोखिम समेत रहन्छ। बोलपत्र मूल्याङ्कन गर्दा Front Loading गरे नगरेको विश्लेषण गरिन्छ। सार्वजनिक निकायले गरेको अनुमानित दर रेट र बोलपत्रदाताले पेश गरेको दररेटमा सामान्य भिन्नता हुनु स्वभाविक हो तर पहिले गरिने काममा अस्वभाविक रुपमा बढी रकम राख्ने र पछि गर्ने काममा अस्वभाविक रुपमा कम रकम राख्ने नराखेको यसमा विश्लेषण गरिन्छ। त्यस्तै लागत अनुमान भन्दा कुनै आइटममा अस्वभाविक रुपमा न्यून कबोल गरेको अवस्था रहे नरहेको विश्लेषण गरिन्छ।

(ख) Substantial Low Bid: लागत अनुमान भन्दा अस्वभाविक रुपमा न्यून कबोल गरेको अवस्थामा निर्माण कार्य समयमा र गुणस्तरिय रुपमा सम्पन्न नगर्न जोखिम हुन्छ। त्यसैले निर्माण कार्यको बोलपत्रको मूल्याङ्कन गर्दा बोलपत्रदाताले अस्वभाविक रुपमा न्यून कबोल गरे नगरेको विश्लेषण गरिन्छ। बोलपत्रदाताको Management Competency, Organizational Capacity, Wide and Strong Networking,  Competitive Advantage, Innovation, आधुनिक प्रविधि माथिको पहुँच आदि जस्ता विषयको कारण एक निर्माण व्यवसायीले अर्कोले भन्दा कम मूल्यमा काम गर्न सक्छ। साथै Standard Norms तयार गर्दाको अवस्था र हालको अवस्थामा आएको परिवर्तन खासगरी सूचना प्रविधिक, यातायात तथा निर्माणका मेसिन औजारमा भएको सुधारको कारणले Standard Norms मा उल्लेख भएको भन्दा कम मूल्यमा काम गराउन सकिने हुन सक्छ। Standard Norms र निर्माण व्यवसायीको क्षमताको कारण लागत अनुमान भन्दा कम दरमा बोलकबोल हुने सम्भावना बढी हुन्छ तर अस्वभाविक रुपमा न्यून कबोल गरेको अवस्थामा निजले काम सम्पन्न गर्न नसक्ने जोखिम हुन जान्छ। लागत अनुमान भन्दा कति प्रतिशत न्यून कबोल भयो भने अस्वभाविकरुपमा न्यून कबोल भयो भन्ने विषय सबैको सधैंको जिज्ञासाको विषय रहेको छ तर यसको सिधा उत्तर भने छैन। यो Case by Case उक्त कामको Cost Component को आधारमा मात्र सम्बन्धित विशेषज्ञले भन्न सक्छ।

(ग) दररेट विश्लेषणः  बोलपत्रदाताले सन्तोषजनक रुपमा काम सम्पन्न गर्न नसक्ने गरी न्यून कबोल अङ्क उल्लेख गरेको वा निर्माण कार्यको क्षेत्र वा प्राविधिक स्पेसिफिकेशन गलत रुपमा बुझी वा नबुझी अस्वाभाविक न्यून कबोल अङ्क उल्लेख गरेको वा प्रारम्भिक चरणमा गरिने निर्माण कार्यको लागि बढी दरले उल्लेख गरेको (फ्रन्ट लोडि) गरेको अवस्थामा मूल्याङ्कन समितिले त्यस्तो बोलपत्रदातासँग दर विश्लेषण सहितको स्पष्टीकरण माग गर्नु पर्ने व्यवस्था कानूनले गरेको छ। माग गरिएको दररेट विश्लेषण चित्तवुझ्दो वा सन्तोषजनक भएमा त्यस्तो बोलपत्रदातासँग निजको कबोल अङ्कको आठ प्रतिशतले हुने रकम बराबरको थप कार्यसम्पादन जमानत लिई बोलपत्र स्वीकृत गर्ने सिफारिस गर्ने र त्यस्तो स्पष्टीकरण सन्तोषजनक नभएमा त्यस्तो बोलपत्र अस्वीकृत गर्न सार्वजनिक निकायलाई सिफारिस गर्नु पर्दछ।

११. मूल्याङ्कित रकम निर्धारण र आपसमा तुलना र न्यून मूल्याङ्कित सारभुतरुपमा प्रभावग्राही बोलपत्र छनौट:

११.१. सारभूतरुपमा प्रभावग्राही बोलपत्रको बोलकबोल रकमलाई तालिकामा राखेर एक आपसमा तुलना गरिन्छ। कबोल रकम निर्धारण गर्दा प्रोभिजनल सम, कन्टिजेन्सी, मूल्य अभिवृद्धि कर भने समावेश गरिदैन। अंकगणितीय शुद्धता, छुट प्रस्ताव, सानातिना भिन्नता र फरक परेका कुराहरुको मूल्य समायोजनको रकम समेतलाई समावेश गरेर कबोल रकम निर्धाण गरिन्छ। सबैभन्दा कम कबोल गर्ने बोलपत्रलाई न्यून मूल्याङ्कितः सारभुतरुपमा प्रभावग्राही र योग्य बोलपत्रदाताको रुपमा खरिद सम्झौता गर्ने सहितको मूल्याङ्कनको प्रतिवेदन सार्वजनिक निकाय प्रमुख समक्ष पेश गरिन्छ। 

१२. मूल्याङ्कन सम्बन्धमा विविध विषयहरुः

१२.१. सानातिना फरकः प्राविधिक विवरण, विशेषता सम्बन्धी विवरण आदिमा पाईएका सानातिना भिन्नता जसको कारण बोलपत्र रद्द गर्नुपर्ने हुदैन त्यस्तो अवस्थामा सम्भव भएसम्म फरकको लागतको गणना गरी बोलपत्र मूल्यांकन गर्दा समावेश गरिनेछ।

सार्वजनिक खरिद ऐनको दफा २५ मा यस सम्बन्धमा व्यवस्था गरिएको छ। सानातिना फरक भन्नाले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्राविधिक स्पेशिफिकेशन, विवरण आदि जस्ता कुरासँग तात्विक रुपमा भिन्न नहुने फरक सम्झनु पर्छ भनी ऐनमा उल्लेख गरिएको छ। बोलपत्र अस्वीकार गर्नु नपर्ने गरी प्राविधिक स्पेशिफिकेशन, विवरण, विशेषता आदि जस्ता कुराहरुमा सानातिना फरक पाईएमा सम्भव भएसम्म सोको मूल्य निकाली त्यस्तो मूल्य समेत बोलपत्र मूल्याङ्कन गर्दा समावेश गरेर बोलपत्रको मूल्याङ्कित कबोल रकम गणना गरिन्छ। तर सानातिना फरकको मूल्य बोलपत्रदाताको बोल अङ्कको पन्ध्र प्रतिशत भन्दा बढी भएमा त्यस्तो बोलपत्र सारभूत रुपमा अप्रभावग्राही भएको मानिनेछ र त्यस्तो बोलपत्रलाई मूल्याङ्कनमा समावेश गरिदैन।

स्पेसिफिकेसनको मूल्याङ्कन गर्दा माग गरिएको स्पेसिफिकेसनसंग बोलपत्रदाताले पेश गरेको स्पेसिफिकेसन सधै हुबहु मिल्छ भन्ने छैन। स्पेसिफिकेसनमा फरक देखिएमा सामान्यतया उक्त मालसामान अयोग्य ठहरिन्छ र उक्त बोलपत्रलाई अयोग्य मानिन्छ। तर स्पेसिफिकेसनमा फरक देखिएमा सबै अवस्थामा अयोग्य नमानी कुन स्पेसिफिकेसनमा फरक देखिएको हो र उक्त फरकको कारण उक्त मालसामानको खरिदको उद्देश्यमा असर गर्छ कि गर्दैन भनेर हेरिन्छ। यदी स्पेसिफिकेसनमा देखिएको उक्त फरकको कारणले उक्त मालसामान जुन प्रयोजनको लागि खरिद गर्न खोजिएको हो वा उक्त मालसामन जुन आवश्यकता पुरा गर्न खोजिएको हो सो आवश्यकतालाई संबोधन गर्न सक्दैन भने त्यस्तो मालसामानलाई स्वीकार गरिदैन जसलाई खरिदको भाषामा Major Deviation भनिन्छ। तर उक्त फरकले मालसामनको प्रयोग र आवश्यकतामा तात्विक फरक ल्यादैन वा जुन उद्देश्यको कारणले खरिद गरिएको हो सो उदेश्यमा खास फरक पर्दैन भन्ने अवस्थामा स्पेसिफिकेसनमा फरक भएता पनि उक्त मालसामानलाई योग्य मानिन्छ सो किसिमको फरकलाई Miner Deviation भनिन्छ। Miner Deviation को अवस्थामा उक्त फरकको विषयलाई मूल्यमा मापन गर्न सकिने अवस्था रहेछ भने त्यसको मूल्य निकालेर बोलपत्रको कबोल रकम तुलनाको लागि मात्र बोलकबोल गरेको अंकमा जोडिन्छ। जस्तै उदाहरणको लागि कार खरिदको लागि बोलपत्र आह्वान गरिएको र सो कारमा Back Camera Back Wiper हुनुपर्ने भनी स्पेसिफिकेसन तयार गरिएको र कुनै बोलपत्रदाताले दुवै चिज नभएको कारको बोलपत्र पेश गरेको रहेछ। Back Camera नभएको भएतापनि Back Camera पछि पनि जडान गर्न सकिने र बजारमा २० हजारमा पर्ने रहेछ त्यसैले निजले पेश गरेको कबोल रकममा २० हजार थप गरेर मूल्याङ्कन गरियो। त्यस्तै मेकानिकल इन्जिनियरबाट मूल्याङ्कन गराउदा Back Wiper नभए पनि खास फरक नपर्ने तय गरियो र Back Wiper लाई सानातिना फरकममा सावेश गरियो। तर Back Camera जस्तो Back Wiper को मूल्य निकाल्न नसकिने भएकोले त्यसलाई सानातिना फरक भनेर छोडियो र बोलपत्रलाई मूल्याङ्कनमा समावेश गरियो।

१२.२. Clarification of Bid: बोलपत्र परीक्षण तथा मूल्याङ्कनको सिलसिलामा बोलपत्रदातासँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था ऐनले गरेको छ। बोलपत्र मूल्याङ्कन वा परीक्षणको क्रममा पेश भएका कागजपत्रमा उल्लिखित तथ्य वा विवरण नमिल्दो देखेमा, भिन्न भिन्न काजपत्रमा उल्लिखित विवरणमा भिन्न भिन्न तथ्य भएमा वा पेश भएका कागजपत्रलाई अन्य किसिमका कागजपत्रहरुबाट Cross Verify गर्न आवश्यक ठानेमा वा सक्कल कागजपत्र हेर्न आवश्यक ठानेमा वा अन्य कुनै अवस्थामा बोलपत्रदातासंग थप जानकारी माग गर्न सकिन्छ। कस्ता कागजपत्र मूल्याङ्कनको क्रममा माग्न सकिने कस्ता कस्ता कागजपत्र मूल्याङ्कनको क्रममा माग्न नसकिने भन्ने विषयमा दुविधा रहेको देखिन्छ। विद्यमान कानूनमा सो विषय स्पष्ट नभएता पनि सैद्धातिक रुपमा हेर्दा बोलपत्रको साथ पेश गरेका कागजपत्र सम्बन्धमा थप पुष्ट्याई आवश्यक भएमा त्यस विषयसंग सम्बन्धित कागजपत्र वा जानकारी माग गर्न सकिन्छ। बोलपत्रमा पेश नभएका कागजपत्रलाई पछि माग गर्न भने मिल्दैन। पेश नभएका कागजपत्रहरु माग गर्ने हो भने मिलेमतो (Post Bidding Collusion) हुने सम्भावना रहन्छ। त्यसरी माग गरेको जानकारी सम्बन्धित बोलपत्रदाताले सार्वजनिक निकायलाई दिनु पर्छ र त्यसरी जानकारी दिदाँ बोलपत्रको मूल्य वा अन्य सारभूत कुरा परिवर्तन वा हेरफेर गर्न भने पाँउदैन। साथै माग गरिएको भन्दा वाहेक प्राप्त हुने अन्य जानकारीलाई पनि मान्यता दिनु हुँदैन। बोलपत्रदातासँग माग गर्ने आवश्यक जानकारी र बोलपत्रदाताले सो सम्बन्धमा दिने जवाफ लिखित रुपमा हुनु पर्दछ। कुनै बोलपत्रदाताले उसको बोलपत्रको सम्बन्धमा आवश्यक जानकारी दिनका लागी नियुक्तिकर्ताले दिएको मिति र समय भित्र जानकारी दिएन भने उसको बोलपत्र अस्वीकृत गर्न सकिन्छ।

१२.३. बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने अवस्थाः सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ मा बोलपत्र रद्द सम्बन्धी व्यवस्था गरिएको छ। जस अनुसार निम्न अवस्थामा सार्वजनिक निकायले सम्पूर्ण बोलपत्र अस्वीकृत गर्न वा खरिद कारबाही रद्द गर्न सक्नेछ तर केही बोलपत्रहरु वा एउटा मात्र बोलपत्र सारभूतरुपमा प्रभावग्राही भएको कारणले मात्र बोलपत्र अस्वीकृत गर्न वा पुनः बोलपत्र आह्वान गर्न सकिने छैन।

() कुनै पनि बोलपत्र सारभूतरुपमा प्रभावग्राही नभएमा,

() कुनै पनि बोलपत्रदाताहरुसंग खरिद सम्झौता हुन नसकेमा,

() न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही बोलपत्रको बोल अङ्क लागत अनुमानभन्दा सारभूतरुपमा बढी भएमा, वा

() माग गरिएको मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा आवश्यक नभएमा।

बोलपत्र अस्वीकृत भएको वा खरिद कारबाही रद्द भएको कारण सहितको सूचना सबै बोलपत्रदातालाई दिनु पर्ने र सूचना दिएको तीस दिनभित्र कुनै बोलपत्रदाताले सबै बोलपत्र अस्वीकृत भएको वा खरिद कारबाही रद्द भएको आधारको जानकारी माग गरेमा निजलाई सार्वजनिक निकायले त्यस्तो जानकारी दिनु पर्ने व्यवस्था कानूनले गरेको छ।

१२.. गोपनियता र आचरणः बोलपत्र मूल्याङ्कनमा मूल्याङ्कन समितिले बोलपत्र मूल्याङ्कन सम्बन्धमा राख्नुपर्ने गोपनियता र मूल्याङ्कन समिति र वोलपत्रदाता दुवैले पालना गर्नुपर्ने आचरण पनि एक महत्वपूर्ण पक्ष हो। बोलपत्रको परीक्षण, मूल्यांकन, तुलना, पश्चात योग्यता परीक्षण र सम्झौता प्रदान गर्ने सिफारिश सम्बन्धी जानकारी, बोलपत्रदाता वा औपचारिक रुपमा मूल्यांकन प्रकृयामा संलग्न नभएको अन्य कुनै व्यक्तिलाई त्यस किसिमका तथ्यको जानकारी बोलपत्रदातालाई दिनु हुँदैन। बोलपत्राताले बोलपत्र मूल्यांकन वा खरिद सम्झौता प्रदान गर्ने निर्णयका सम्बन्धमा सार्वजनिक निकाय वा मूल्याङ्कन समितिलाई कुनै किसिमको प्रभावित पार्न वा उद्योग गर्न वा कोशिस गर्नु हुँदैन यसो  गरेमा उसको बोलपत्रदातालाई आचरण विरुद्धको दफा अनुसार कारवाही र बोलपत्र अस्वीकृत गर्न सकिन्छ। बोलपत्र खोलिए देखि सम्झौता प्रदान गर्ने समयसम्ममा कुनै बोलपत्रदाताले सार्वजनिक निकायसंग बोलपत्र प्रकृयासँग सम्बन्धित विषयमा सम्पर्क गर्न चाहेमा लिखित रुपमा यस्तो सम्पर्क गर्न भने सक्छ।

१३. मूल्याङ्कन प्रतिवेदन:

१३.. मूल्याङ्कन प्रतिवेदन तयारी र सार्वजनिक निकाय प्रमुख समक्ष पेश गर्ने कार्य मूल्याङ्कन प्रकृयाको अन्तिम कार्य हो। मूल्याङ्कन प्रतिवेदनमा मूल्याङ्कनमा गरिएका सबै विवरणहरुलाई सिलसिलेवार र व्यवस्थित रुपमा प्रस्तुत गरिन्छ। मूल्याङ्कन प्रतिवेदनमा मुख्यतयाः के को आधारमा बोलपत्र मूल्याङ्कन गरियो, कुन बोलपत्रदाताको कुन मूल्याङ्कनमा के नतिजा प्राप्त भयो, असफल हुने बोलपत्रदाता कुन कारणले असफल भयो, मूल्याङ्कनको क्रममा कुनै निर्णय गरेको भएमा कुन कुन निर्णयहरु गरियो, मूल्याङ्कनमा सहयोगको लागि उप-समिति गठन वा विशेषज्ञको सहयोग वा परामर्शदाताको सहयोग लिएको रहेछ भने सो को विवरण, बोलपत्रदातासंग कुनै जानकारी माग गरिएको रहेछ भने सो को विवरण, न्यून मूल्याङ्कितः सारभुत रुपमा प्रभावग्राही बोलपत्रदाता छनौट, बोलपत्र रद्द गर्नु पर्ने अवस्था भएमा सो को कारण लगायतका मूल्याङ्कन प्रकृयाका सबै विवरणहरु प्रतिवेदनमा हुनु पर्दछ। तयर भएको प्रतिवेदन स्वीकृतिको लागि सार्वजनिक निकाय प्रमुख समक्ष पेश गरिन्छ। मूल्याङ्कन प्रतिवेदनको नमुना लेखको अन्तिम अध्ययमा राखिएको छ। 

१४. बोलपत्र मूल्याङ्कनमा रहेका प्रमुख समस्याहरुः

१४.. सार्वजनिक खरिदमा बोलपत्र मूल्याङ्कन एक झनझटिलो प्रकृयाको रुपमा लिइन्छ। स्पष्ट निर्देशिकाको अभाव, दक्ष जनशक्तिको अभाव, कर्मचारीमा आचरणगत स्खलन, बोलपत्रदाताको अनावश्यक दवाव, नियमनकारी निकायमा हुने उजुरी आदि कारणले बोलपत्र मूल्याङ्कन जटिल समेत बनेको छ। यो विषय सधै विवादित समेत हुने गरेको र यसैको कारण बोलपत्र प्रकृया लम्विने गरेको समेत देखिन्छ। बोलपत्र मूल्याङ्कनमा रहेका मुख्य समस्यालाई निम्नानुसार उल्लेख गरिएको छ।

१४.. मूल्याङ्कन निर्देशिका नहुनुः मूल्याङ्कन प्रकृयामा रहेको प्रमुख समस्या भनेको यसको निर्देशिका नहुनु हो। सार्वजनिक खरिद ऐन तथा नियमावली साथै बोलपत्र सम्बन्धी कागजातमा रहेका प्रावधानका आधारमा मूल्याङ्कन हुँदै आएको छ। मूल्याङ्कन प्रकृयाहरु, कुन पक्षको मूल्याङ्कन गर्दा किसरी गर्ने, कस्तो मूल्याङ्कन प्रतिवेदन तयार गर्ने आदि जस्ता विषयहरु स्पस्ट नहुँदा बोलपत्र मूल्याङ्कन जटिल भएको छ। मूल्याङ्कन निर्देशिका नहुँदा एकातर्फ कर्मचारीलाई मूल्याङ्कन गर्न दिशा निर्देश गर्ने पक्षको कमी देखिन्छ भने अर्कोतर्फ एउटै किसिमको अवस्थामा पनि फरक फरक निर्णय हुने गरेको छ। सबै कर्मचारीलाई सार्वजनिक खरिदका विषयबस्तुको ज्ञान नहुन सक्छ। बोलपत्र मूल्याङ्कनमा सहभागि हुने कर्मचारीहरुलाई सहयोग गर्न, मूल्याङ्कन प्रकृया र पद्दतिमा एकरुपता ल्याउनको लागि मूल्याङ्कन निर्देशिक अति जरुरी भएको छ। मूल्याङ्कन प्रकृया जटिल हुनु, सधै विवाधित हुनु, लामो समय लग्ने हुनु आदिको प्रमुख कारण भनेको स्पष्ट निर्देशिका नहुनु हो।

१४.. दक्ष जनशक्तिको अभावः ठूलो खरिदकार्य हुने केही निश्चित निकायहरुमा बाहेक अधिकांश सार्वजनिक निकायहरुको खरिद व्यवस्थापन कार्य तदर्थमा किसिमले संचालन भैरहेको छ। खरिद कार्यमा संलग्न अधिकांश कर्मचारीहरुले खरिद सम्बन्धमा आधारभूत तालीम समेत लिएको अवस्था छैन भने तालीम प्राप्त जनशक्तीलाई पनि निरन्तर पुनर्ताजकी तालीम प्रदान गर्न नसक्दा ज्ञान तथा सीपमा Update हुन सकेको छैन।अर्कोतर्फ बारम्बार हुने सरुवा तथा Right man in right place को अवधारणको सामान्य कार्यान्यन पनि नहुँदा Learning by doing को पद्दतिले पनि काम गर्न सकेको छैन। खरिद व्यवस्थापनको आधारभूत ज्ञानको समेत प्राप्त नगरेको जनशक्तिबाट पक्कै पनि खरिद व्यवस्थापन प्रभावकारिताको अपेक्षा गर्न सकिदैन। यसको प्रत्यक्ष प्रभाव बोलपत्र मूल्याङ्कनमा देखिन्छ। मूल्याङ्कन समितिका पदाधिकारीमा न्यूनतम ज्ञानको कमी हुँदा निजले निर्णय लिन नसक्ने, गलत निर्णय लिने, समयमा निर्णय नगर्ने, अरुको विश्वासमा निर्णयमा सहभागि हुनुपर्ने, विवकपूर्ण निर्णय गर्न नसक्ने, कर्मचारीमा मानसिक दवाव हुने आदि जस्ता समस्याहरु देखा परेका छन्। यसले समग्र मूल्याङ्कन प्रकृया प्रभावित भएको छ। मूल्याङ्कनमा उप-समिति गठन, विशेषज्ञको सहयोग लिने, परामर्शदाताको सहयोग लिन सकिने आदि प्रावधान भएता पनि अन्तिमका उत्तरदायी सम्बन्धित मूल्याङ्कन समिति नै हुने हुँदा मूल्याङ्कन समितिका पदाधिकारीमा सार्वजनिक खरिदको आधारभूत ज्ञन हुनु अनिवार्य छ।

१४.. गलत झुट कागजपत्र पेशः मूल्याङ्कन प्रकृयामा देखा परेको अर्को प्रमुख समस्या भनेको गलत वा झुटा काजजपत्र पेश हुने वा पेश भएको कागजपत्रको आधिकारिकता प्रमाणित गर्न नसक्नु रहेको छ। खासगरी अन्तराष्ट्रिय बोलपत्रमा यो अझै बढी समस्याको रुपमा रहेको छ। बोलपत्रदाताले पेश गरेका योग्यता सम्बन्धी कागजातमा फर्जी काजतपत्र पेश हुने जोखिम बढी हुन्छ। सामान्यया पेश भएका कागजपत्रको आधारमा बोलपत्र मूल्याङ्कन गरिन्छ। तर मूल्याङ्कन समितिलाई कुनै कागज माथि शंका लागेमा त्यसको आधिकारिकता पुष्टिको लागि Cross Verify आवश्यक पर्न सक्छ। तर कागजपत्रहरुलाई Cross Verify गर्ने कार्य भने सहज छैन। यसले गर्दा मूल्याङ्कन झुटा कागजातको आधारमा हुने, मूल्याङ्कन प्रकृया अनावश्यक रुपमा लम्विने, विभिन्न विवादहरु देखा पर्ने आदि जस्ता समस्याहरु आएको देखिन्छ। 

१४.. अन्य प्रणालीसंगको आवशद्धता नभएकोः अहिले अधिकांश ठूला ठेक्काहरु विद्युतिय खरिद प्रणाली मार्फत हुने गरेको छ। बोलपत्र मूल्यांकन प्रकृयामा रहेका जटिलताहरुलाई न्यूनिकरण गरी मूल्याङ्कन प्रकृयालाई सहज र सरल बनाउन e-GP System लाई अन्य निकायहरु जस्तै: आन्तरिक राजस्व कार्यालयकम्पनी रजिष्ट्रारको कार्यालयमहालेखा नियन्त्रक कार्यालयका System हरु संग आवद्ध गर्न सकेमा मूल्यांकन प्रकृयामा धेरै सहजता आउने देखिन्छ। उदाहरणको लागि बार्षिक औषत कारोबारको गणनाकर-मु.अ.क. दर्ता आदिको लागि आन्तरिक राजस्व विभागको System संगजोड्ने। साथै e-GP System मा व्यवस्था भए बमोजिम खरिद सम्झौता कार्यान्यनका प्रकृयाहरुमा उक्त प्रणालीको अनिवार्य प्रयोग गर्न सकिएमा उक्त प्रणालीबाट पनि बोलपत्र मूल्यांकनको लागि आवश्यक पर्ने जस्तै अनुभवको प्रमाणपमत्रमेसिन औजार तथा जनशक्तिको प्रयोगमा रहेको अवस्था, Current Contract Commitment आदि जस्ता धेरै तथ्यांकहरु प्राप्त गर्न सकिने अवस्था रहन्छ।

१४.. बोलपत्र सम्बन्धी कागजात गुणस्तरिय नहुनुः बोलपत्र मूल्याङ्कनमा देखा पर्ने अर्को समस्या भनेको बोलपत्र सम्बन्धी कागजातको गुणस्तरको विषय हो। बोलपत्र सम्बन्धी कागजातमा भएका गल्तिहरु, राख्नुपर्ने विषयहरु छुट्न जानु, अनावश्यक विषहरु राखिनु, दोहोरो अर्थ लाग्नेगरी राखिनु, प्रावधान राख्दा प्रस्ट र सबैले बुझ्नेगरी नराखिनु, Standard Bidding Document अनुसारको बोलपत्र सम्बन्धी कागजात तयार नगर्नु, जुन चिज जहाँ लेख्नुपर्ने हो सो विषय त्यही नलेख्नु, बोलपत्र सम्बन्धी काजगातामा उचित किसिमले संशोधन नगर्नु, नराखे पनि हुने बिषयलाई राखेर मूल्याङ्कनलाई झनझटिलो बनाउनु, कानून विपरितका प्रावधान राख्नु आदि जस्ता विषयको कारण बोलपत्र सम्बन्धी कागजात उचित गुणस्तरको नबनेको देखिन्छ। पर्याप्त ज्ञानको कमी वा उचित सतर्कताको कमीको कारण यस किसिमको गल्ति हुने गरेको हु्न्छ। यस किसिमका गल्तिहरु बोलपत्र दाखिला गर्ने समयभित्र पत्ता लागेमा संशोधन हुन्छन्। तर पत्ता नलागेको अवस्थामा ती गल्तिले मूल्याङ्कनलाई प्रभावित पार्दछन्। त्यसैले बोलपत्र सम्बन्धी कागजात गुणस्तर नहुनु पनि अहिलेको मूल्याङ्कनको एक प्रमुख समस्या हो।  

१४.. अव्यवस्थित बोलपत्र पेशः बोलपत्रदाताले पेश गरेको बोलपत्र पनि गुणस्तरिय नहुँदा मूल्याङ्कनमा समस्या देखा परेको पाइन्छ। बोलपत्रदाताको पनि बोलपत्र सम्बन्धी कागजात तयारीको लागि आवश्यक ज्ञानको कमीको कारणले बोलपत्र गुणस्तरिय बन्दैन। माग गरिएको कागजपत्र पेश नगर्ने, तोकिएको Forms मा बोलपत्र पेश नगर्ने, अनावश्यक कागजपत्र पेश गर्ने, कागजपत्र व्यवस्थित रुपमा पेश नगर्ने, बुझीने किसिमको कागजपत्र पेश नगर्ने आदि कारणले बोलपत्र मूल्याङ्कन प्रकृया झनझटिलो भएको पाइन्छ। गुणस्तरिय बोलपत्र भएमा मात्र पनि बोलपत्र मूल्याङ्कन प्रकृया धेरै हद सम्म प्रभावकारी हुने थियो। 

१४.. मूल्याङ्कन प्रकृयामा धेरै समय लाग्ने गरेकोः खरिद कानूनमा बोलपत्र मूल्याङ्कन समयमा सम्पन्न नहुनु अर्को समस्या हो। यो हुनुमा कर्मचारीको कार्य संस्कार प्रमुख कारण हो भने कर्मचारीमा ज्ञानको कमी हुनु, समयमा निर्णय गर्न नसक्नु, बोलपत्रदाताले व्यवस्थित रुपमा कागजपत्र पेश नगर्नु आदि रहेका छन्।

१४.. आचरणगत समस्याः सार्वजनिक खरिद ऐन २०६३ ले सार्वजनिक निकायका पदाधिकारीका साथै बोलपत्रदाता/ परामर्शदाता/ आपूर्तिकर्ताको आचरण सम्बन्धी व्यवस्था गरिएको छ र आचरण निर्वाह नगरेको अवस्थामा कारवाहीको व्यवस्था गरेको छ। आचरण पालना नगर्ने कर्मचारीलाई निजको सेवा सर्त बमोजिम विभागीय कारवाही गरिने र बोलपत्रदाता वा सरोकारग्राहीलाई भने कालोसूचीमा राखी कारवाही गर्ने दण्डात्मक व्यवस्थाको परिकल्पना ऐनले गरेको छ। कानूना उल्लिखित आचरणहरुको प्रभावकारी कार्यान्यन नहुँदा पनि मूल्याङ्कनमा समस्या हुने गरेको छ। बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीले गोप्य राख्नुपर्ने विषयहरु गोप्य नराख्ने, बोलपत्रदातसंग अनुचित किसिमको सम्बन्ध राख्ने, निश्चित बोलपत्रदातालाई सहयोग पुग्ने किसिमले काम गर्ने, त्यँही विषयहरुलाई लिएर समिति भित्र विवादहरु सृजना हुने आदि जस्ता समस्याहरु रहेका छन् भने बोलपत्रदाताले समितिका पदाधिकारीसंग अनुचित सम्बन्ध राख्ने, अनावश्यक दवाव दिने, अनावश्यक रुपमा उजुर वाजुर गर्दै हिड्ने आदि जस्ता बोलपत्रदातामा आचरणगत समस्याहरु रहेका छन्। कानूनमा रहेका आचरणगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुन सकेमा पनि खरिदमा रहेका धेरै समस्याहरु समाधान हुने देखिन्छ र

१५. मूल्याङ्कनलाई प्रमावकारी बनाउन चाल्नुपर्ने कदमः

१५.. सार्वजनिक खरिद प्रणालीमा सुधारको एक क्षेत्र बोलपत्र मूल्याङ्कन पनि हो। बोलपत्र मूल्याङ्कनलाई प्रभावकारी बनाउन सकेमा अवश्य पनि खरिद प्रकृया छिटो छरितो बनाउन मद्दत पुग्छ। बोलपत्र मूल्याङ्कनमा रहेका उपरोक्त समस्याहरुको उचित समाधान आवश्यक छ। त्यको लागि मुख्यतया निम्न कदम चाल्नुपर्ने देखिन्छ।

१.    यथासम्भव छिटो बोलपत्र मूल्याङ्कन निर्देशिका बनाउनुपर्ने

२.    बोलपत्रको मूल्याङ्कनका विषयमा कानूनमा रहेका अस्पष्टताहरु, छुटेका विषयहरु तथा बाझिएका विषयहरुलाई कानूनमा समावेश गर्ने 

३.    बोलपत्रदाताको अनुभव सम्बन्धी योग्यताको मूल्याङ्कनलाई प्रभावकारी बनाउनको लागि विद्युतिय खरिद प्रणालीको प्रभावकारी कार्यन्यन गर्नुपर्ने

४.    विद्युतिय खरिद प्रणालीलाई अन्य सम्बन्धित प्रणालीसंग आवद्ध गर्नुपर्ने

५.    बोलपत्र मूल्याङ्कनको क्रममा पदाधिकारी वा बोलपत्रदातामा कुनैले आचरण विपरित क्रियाकलाप गरेमा तुरुन्त कार्वाहीको प्रकृया अगाडी बढाउनुपर्ने

६.    बोलपत्र सम्बन्धी कागजात तयारीमा पर्याप्त ध्यान दिनुपर्ने

७.    बोलपत्रदातालाई बोलपत्र तयारीको लागि क्षमता विकास सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने

८.    मूल्याङ्कनमा संलग्न हुने कर्मचारीको क्षमता विकासमा जोड दिनुपर्ने

१६. निष्कर्षः

१६.. बोलपत्र मूल्याङ्कन प्रकृया बोलपत्रबाट हुने खरिदमा एक महत्वपूर्ण पक्ष हो। बोलपत्र मूल्याङ्कन प्रकृया प्रभावकारी नहुँदा समग्र खरिद प्रकृयामा समस्याहरु देखिएको छ। मूल्याङ्कनको लागि स्पष्ट निर्देशिका नहुनु, कानूनमा विभिन्न दुविधाहरु रहनु, झुटा जालसाँची कागजपत्रहरु पेश हुनु, कर्मचारीहरुमा पर्याप्त क्षमता नहुनु, आचरणको पालना प्रभावकारी नहुनु जस्ता समस्याको कारण मूल्याङ्कन सधैं एक झनझटिलो प्रकृयाको लिने गरिएको पाइन्छ। मूल्याङ्कन प्रकृयालाई व्यवस्थित, प्रभावकारी र एकरुपता कायम गर्नको लागि छिटो भन्दा छिटो मूल्याङ्कन निर्देशिका जारी गर्नु जरुरी छ। यसका सथै विद्युतिय खरिद प्रणालीको प्रभावकारी कार्यान्यन, करको विद्युतिय प्रणाली तथा कम्पनी रजिस्टार कार्यालयको विद्युतिय प्रणालीसंग आवद्ध, कानूनमा आवश्यक संशोधन तथा मूल्याङ्कनमा समावेश हुने कर्मचारीको क्षमता विकास गर्न सकेमा समग्र बोलपत्र मूल्याङ्कन प्रकृयालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने देखिन्छ।

(मूल्याङ्कन प्रतिवेदनको नमुना)

[सार्वजनिक निकायको नाम]

 

 

 

 

 

 


ठेक्का नं. ………., ……………………. खरिदको बोलपत्र मूल्याङ्कन प्रतिवेदन

 

 

 

 

 

 

 


मूल्याङ्कन समितिः

.

.

 

प्रतिवेदन पेश गरेको मितिः

१.   सामान्य परिचयः

.. पृष्ठभूमीः …… ……………….... विधिबाट………... खरिदको लागि ठेक्का नं. ………….. को मिति ………….. [बोलपत्र आह्वान मिति उल्लेख गर्ने] मा …….... समाचारपत्रमा यो बोलपत्र आह्वान भएको र बोलपत्र आह्वानको सूचना यस कार्यालय/आयोजनाको wedside ……. का साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको bolpatra.gov.np मा राखिएको। बोलपत्रदाताले बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको bolpatra.gov.np बाट मात्रै बोलपत्र दाखिला गर्न सक्ने व्यवस्था गरिएको थियो। Pre-Bid Meeting मिति ………………….. मा सम्पन्न भएको र मिति ……………….. र ……………….. मा गरी …………... पटक बोलपत्र सम्बन्धी कागजातमा संशोधन गरिएको र संशोधनको सुचना ………….. समाचारपत्रमा र bolpatra.gov.np मा समेत राखिएको।    

.. बोलपत्र दाखिलाः बोलपत्रदाताले  मिति ………….. र समय …………………. सम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको bolpatra.gov.np बाट बोलपत्र दाखिला गर्न सक्ने व्यवस्था रहेको र उक्त मिति र समय सम्म ………….. वटा बोलपत्र दाखिला भएका। दाखिला भएका बोलपत्र मध्ये ………….. वटाले बोलपत्र फिर्ता गरेका र ………….. वटाले बोलपत्रमा संशोधन पेश गरेका।

.. बोलपत्र खोल्ने कार्यः खरिद इकाई प्रमुख श्री ………………..…….. को संयोजकत्वमा रहेको बोलपत्र खोल्ने समितिले बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिमको मिति ………….. समय ………….. बजे कार्यालय/ आयोजनाको …………... मा उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधिको सहभागितामा बोलपत्र खोल्ने कार्य गरिएकोबोलपत्रदाताको नाम, बोलपत्र जमानत सम्बन्धी विवरण, कबोल रकम, छुट प्रस्ताव, BOQ/Price Schedule मा करेमेटको विषय, Letter of Bid आदिको अवस्थाको वारेमा वाचन गरिएको सो व्यहोरा उल्लेख गरी बोलपत्र खोलिएको मुचुल्का तयार गरी उपस्थित बोलपत्रदाताहरुलाई दस्तखत गराइएकोबोलपत्र पेश गर्ने बोलपत्रदाताको विवरण निम्नानुसार रहेको बोलपत्र खोल्ने मुचुल्का अनुसूची- मा राखिएको

पेश भएका बोलपत्रहरुको विवरण

सि.नं.

बोलपत्रदाताको नाम

ठेगाना

फिर्ता वा संशोधन

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

..  बोलपत्र मूल्याङ्कन समितिः सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२४ मा व्यवस्था भए बमोजिम कार्यालय/आयोजनाको मिति ………… को निर्णय अनुसार निम्न अनुसारको बोलपत्र मूल्याङ्कन समिति गठन भएको थियो मूल्याङ्कन समिति गठनको निर्णय अनुसूची-२ मा राखिएको छ।

           मूल्याङ्कन समितिका पदाधिकारिहरुः

              .

              .

[मूल्याङ्कन समितिले कुनै विषयको मूल्याङ्कन गर्नको लागि उप-समिति गठन गरेको वा कुनै परामर्श सेवा लिएको वा कुनै विशेषज्ञलाई आमन्त्रित गरेको भए सो विषय समेत उल्लेख गर्ने]

.. बोलपत्र मूल्याङ्कन प्रकृयामा सावेश नहुने बोलपत्रहरुः पेश भएका ………. वटा बोलपत्रहरु मध्ये ……… वटा बोलपत्रदाताले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्रावधान बमोजिम बोलपत्र पेश नगरेकोले निम्न बोलपत्रहरुलाई बोलपत्र मूल्याङ्कन प्रकृयामा सामावेश गरिएको छैन। मूल्याङ्कनमा सावेश नगरिएका बोलपत्र र यसको कारण निम्नानुसार रहेको छ।  

बोलपत्र मूल्याङ्कन प्रकृयामा सावेश नहुने बोलपत्रहरु

सि.नं.

बोलपत्रदाताको नाम

कारण

 

 

 

 

 

 

 

 

 

२.    कानूनी ग्राह्यताको मूल्याङ्कनः यस बोलपत्रमा ………….. वटा बोलपत्र पेश भएकोमा ………….. वटा बोलपत्र बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्रावधान बमोजिम नभएकोले ………….. वटा बोलपत्रलाई बोलपत्रको कानूनी ग्राह्यताको मूल्याङ्कनमा समावेश गरिएको छ। बोलपत्र सम्बन्धी कागजातमा कानूनी ग्राह्यताको लागि निर्धारण गरिएका विषयहरुलाई बोलपत्रदातले पेश गरेका कागपत्रको आधारमा यसको मूल्याङ्कनन गरिएको छ। कानूनी ग्राह्यताको मूल्याङ्कनमा समावेश भएका ………….. वटा बोलपत्रहरु मध्ये ………….. वटा बोलपत्र कानूनी ग्राह्यताको मूल्याङ्कनमा सफल भएका छन्। मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको छ र मूल्याङ्कनको विस्तृत विवरण अनुसूची-३ मा राखिएको छ।

कानूनी ग्राह्यताको मूल्याङ्कनको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

सफल वा असफल

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

३.    पूर्णताको परीक्षणः कानूनी ग्राह्यताको मूल्याङ्कनमा सफल भएका …………..वटा बोलपत्रलाई पूर्णताको परीक्षणमा समावेश गरिएको छ। बोलपत्र सम्बन्धी कागजातमा पूर्णताको परीक्षणको लागि निर्धारण गरिएका विषयहरुलाई बोलपत्रदातले पेश गरेका कागपत्रको आधारमा मूल्याङ्कनन गरिएको र ………….. पूर्णताको परीक्षणमा समावेश भएका ………….. वटा बोलपत्रहरु मध्ये ………….. वटा बोपत्र पूर्णताको परीक्षणमा सफल भएका छन्। मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको छ र मूल्याङ्कनको विस्तृत विवरण अनुसूची-४ मा राखिएको छ।

पूर्णताको परीक्षणको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

सफल वा असफल

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

. मूल्याङ्कनमा समाावेश नहुने बोलपत्रहरुको सूचीः पेश भएका बोलपत्रहरु मध्ये कानूनी ग्राह्यतामा वा पूर्णताको परीक्षणमा असफल भएका निम्न …………………... वटा बोलपत्रहरुलाई बोलपत्रको मुयांकन प्रकृयामा समावेश गरिएको छैन। (जस्तै उदाहरणको लागि प्रकृया पुरा नभएका बोलपत्र बोलपत्र परीक्षण गर्दा कानूनी ग्राह्यता र पूर्णताको परीक्षणमा असफल हुने बोलपत्रहरु )

              )

              )

. मूल्याङ्कनमा समावेश हुने बोलपत्रहरुको सूचीः पेश भएका बोलपत्रहरु मध्ये कानूनी ग्राह्यतामा वा पूर्णताको परीक्षणमा सफल भएका निम्न ………. वटा बोलपत्रहरुलाई बोलपत्रको मुयांकन प्रकृयामा समावेश गरिएको छ (मूल्याङ्कनमा समाावेश नहुने बोलपत्रहरु बाहेकाका मूल्याङ्कनमा समावेश हुने बोलपत्रहरुको सूची राख्ने)

)

       )

. योग्यताको मूल्याङ्कनः कानूनी ग्रह्याता र पूर्णताको परीक्षणमा सफल हुने ………….. वटा बोलपत्रहरु लाई मूल्याङ्कनमा समावेश गरिएको छ। बोलपत्र सम्बन्धी कागजातको उल्लेख गरिएका बोलपत्रदाताको योग्यता र बोलपत्र मूल्याङ्कनका आधारहरुको अधिनमा रहेर बोलपत्रदाताले बोलपत्रको साथ पेश गरेका र बोलपत्र मूल्याङ्कनको क्रममा कुनै जानकारी माग गर्न आवश्यक भएमा सोमा समेत आधारित भई योग्यताको मूल्याङ्कन गरिएको छ। बोलपत्रदाता कुनै योग्यतामा असफल भएमा त्यस पश्चातको योग्यताको मूल्याङ्कन गरिएको छैन। मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको छ र योग्यता गणनाको विस्तृत विवरण सम्बन्धित अनुशूचि-५ मा राखिएको छ।

बोलत्रदाताको योग्यता मूल्याङ्कनको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

योग्यता पुरा गरे नगरेको

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

७. प्राविधिक पक्षको मूल्याङ्कनः

.. स्पेसिफिकेसनको मूल्याङ्कनः बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित स्पेसिफिकेसनको आधारमा स्पेसिफिकेसनको मूल्याङ्कन गरिएको र योग्यता मूल्याङ्कनमा सफल हुने ………….. बोलपत्रदाताको मात्र स्पेसिफिकेसनको मूल्याङ्कनन गरिएको छ। स्पेसिफिकेसनको मूल्याङ्कन गर्दा बोलपत्रदाताले बोलपत्रसंग पेश गरेका कागजापत्र र सम्बन्धित उत्पादक कम्पनीबाट जारी गरिएका जानकारी आदिलाई समेत आधार लिएर मूल्याङ्कन गरिएको छ। स्पेसिफिकेसनको कुनै विषय बोलपत्र सम्बन्धी कागजात बमोजिम पुरा नगरेको अवस्थामा उक्त विषयले समग्र खरिदमा सारभुत फरक नपार्ने अवस्थामा त्यस किसिमको फरकलाई स्वीकार गरिएको र फरक विषयलाई सम्भव भएसम्म मूल्य कामयम गरी मूल्याङ्कित रकममा समावेश गरिएको छ। स्पेसिफिकेसनको मूल्याङ्कनको संक्षिप्त व्यहोरा नतिजा निम्नानुसार रहेको छ र यसको विस्तृत मूल्याङ्कन विवरण अनुसूची-६ मा राखिउको छ

स्पेसिफिकेसन मूल्याङ्कनको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

स्पेसिफिकेसन स्वीकार्य भए नभएको

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

.. Adequacy of Technical Proposal: बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित भए बमोजिम बोलपत्रदाताले पेश गरेको प्राविधिक प्रस्ताव (Technical Proposal) ले समेटेका विषयहरु, त्यसको गुणस्तर, उक्त प्रास्ताबले अपेक्षित नतिजा दिन सक्ने नसक्ने आदि समेतको विश्लेषणका आधारमा प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिएको छ। यसको मूल्याङ्कनमा सहभागि गरिएका ………. वटा बोलपत्रहरु मध्ये ……… वटा बोलपत्रहरु मूल्याङ्कनमा सफल भएका छन्। मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको छ।

Adequacy of Technical Proposal मुल्यांकनको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

प्राविधक प्रस्ताव स्वीकार्य भए नभएको

कैफियत

 

 

 

 

 

 

 

 

 

. व्यापारीक पक्षको मूल्याङ्कनः

.. निर्माण अवधि वा मालसामान आपूर्तिको अवधि निर्माण अवधि वा मालसामान आपूर्तिको अवधि सम्बन्धमा बोलपत्रदाताले पेश गरेको प्रस्ताव र  बोलपत्र सम्बन्धी कागजातमा राखिएको मूल्याङ्कनका आधार अनुसार यसको मूल्याङ्कन गरिएको। सम्बन्धित बोलपत्रदाताले पेश गरेको प्रस्तावका आधारमा निजहरुले पेश गरेको कबोल रकममा रकम थप वा घट गरी कबोल रकम निर्धारण गरियो। मूल्याङ्कनको विस्तृत विवरण अनुसूची-७ मा राखिएको छ।

.. भुक्तानीको शर्तः भुक्तानी शर्त सम्बन्धमा बोलपत्रदाताले पेश गरेको प्रस्ताव र बोलपत्र सम्बन्धी कागजातमा राखिएको मूल्याङ्कनका आधार अनुसार यसको मूल्याङ्कन गरिएको। सम्बन्धित बोलपत्रदाताले पेश गरेको प्रस्तावका आधारमा निजहरुले पेश गरेको कबोल रकममा निम्नानुसारको रकम थप वा घट गरी कबोल रकम निर्धारण गरियो। मूल्याङ्कनको विस्तृत विवरण अनुसूची- मा राखिएको छ।

 

बोलपत्रदाताको नाम

बोलपत्रदाताको नाम

बोलपत्रदाताको नाम

 

कबोल रकम

×××××

×××××

×××××

 

समायोजनहरुः

·       निर्माण अवधि वा मालसामान आपूर्तिको अवधिः

·       भुक्तानीको शर्तः

·       …………………………….

जम्मा समायोजन रकम

 

×××××

×××××

×××××

 

×××××

×××××

×××××

 

×××××

×××××

×××××

 

समायोजन पश्चातको कबोल रकम

×××××

×××××

×××××

 

समायोजन पश्चातको रकमलाई आर्थिक मूल्याङ्कनमा कबोल रकमको रुपमा राखिएको छ।

. आर्थिक मूल्याङ्कनः बोलपत्रदाताको योग्यताको मूल्याङ्कन र स्पेसिफिकेसनको मूल्याङ्कनमा सफल हुने ………….. वटा बोलपत्रदाताको आर्थिक पक्षको मूल्याङ्कन गरिएको छ। [एक चरण दुई खाम प्रणाली अन्तरगत आह्वन भएको बोलपत्रमा प्राविधिक बोलपत्रमा सफल हुने बोलपत्रदाताको मात्र आर्थिक प्रस्ताव खोलिने हुँदा सो किसिमका बोलपत्रको मूल्याङ्कनमा सो विषय समेत उल्लेख गर्ने]

.. अंकगणितीय शुद्धता र छुट प्रस्तावको मूल्याङ्कन: बोलपत्रमा गरिएको कबोल रकम, बोलपत्र खोल्ने मुचुल्कामा उल्लेख गरिएका कैफियत विवरण, बोलपत्रदाताले पेश गरेको र बोलपत्र खोल्ने मुचुल्कामा उल्लेख गरिएको छुट प्रस्तावको आधारमा अंकगणितीय त्रुटि सच्चाउने र छुट प्रस्तावको मूल्याङ्कन गरिएको छ। अंकगणितीय शुद्धताको क्रममा गरिएको गरिएको सुधारको विषयमा सम्बन्धित बोलपत्रदातालाई जानकारी गराइएको र उक्त सुधारलाई स्वीकार नगर्ने बोलपत्रदातालाई बोलपत्र मूल्याङ्कन प्रकृयाबाट हटाउने र बोलपत्र जमानत जफत गरिएको छ। अंकगणितीय शुद्धता, सानातिना फरक रकम र छुट प्रस्ताव समेतका आधारमा तय गरिएको मूल्याङ्कित रकम निम्नानुसार रहेको छ। यसको विस्तृत मूल्याङ्कन अनुसूची-९ मा राखिएको छ।

मूल्याङ्कित रकम गणनाको विवरण

सि. नं.

बोलपत्रदाताको नाम

कबोल रकम

मूल्याङ्कित रकम

कैफियत

 

 

 

 

 

 

 

 

 

 

.. निर्माण कार्यको विशेष मूल्याङ्कनः बोलपत्रदाताको योग्यताको मूल्याङ्कन र स्पेसिफिकेसनको मूल्याङ्कनमा सफल हुने ………….. वटा बोलपत्रदाताको Front Loading Unbalance Bid को मूल्याङ्कन गरिएको छ। कुनै वा सबै आइटममा अस्वभाविक रुपमा न्यून कबोल गर्ने बोलपत्रदाताहरु (१) ………….. (२) ………….. संग दररेट विश्लेषण माग गरिएको। दररेट विश्लेण गर्दा चित्तवुझ्दो नभएको, अस्वीकार्य किसिमले Front Loading भएको र बोलपत्र स्वीकार गर्न नसक्ने गरी असन्तुलित भएका बोलपत्रहरुलाई बोलपत्र मूल्याङ्कनबाट हटाइएको छ। दररेट विश्लेषण माग गरि चित्त बुझ्ने बोलपत्रदातासंग थप ८ प्रतिशत कार्यसम्पादन जमानत माग गर्ने निर्णय गरिएको छ। निर्माण कार्यको विशेष मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको र विशेष मूल्याङ्कनको विस्तृत विवरण अनुसूची-७ मा राखिएको छ।

सि.नं.

बोलपत्रदाताको नाम

Front Loading भए नभएको

Unbalance Bid भए नभएको

दर रेट विश्लेषण माग गरे नगरेको

बोपत्र स्वीकार्य भए नभएको

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

.. मूल्याङ्कित रकम निर्धारण र आपसमा तुलना र न्यून मूल्याङ्कित सारभुतरुपमा प्रभावग्राही बोलपत्र छनौट: माथि उल्लिखित सबै मूल्याङ्कनमा सफल भई स्वीकार्य भएमा बोलपत्रहरु र तिनिहरुको मूल्याङ्कित रकमका आधारमा बोलपत्रदातालाई न्यून देखि बढि कबोल गर्ने क्रम निम्नानुसार मिलाईएको छ।

मूल्याङ्कितः रकमको क्रमगत विवरण

क्रम (Rank)

बोलपत्रदाताको नाम

कबोल रकम

मूल्याङ्कित रकम

कैफियत

 

 

 

 

 

 

 

 

माथि मूल्याङ्कित रकमको क्रमगत विवरणमा उल्लेख भए बमोजिम ………….. निर्माण/खरिद कार्यको लागि आह्वान गरिएको ठेक्का नं. ………….. बोलपत्रको मूल्याङ्कन गर्दा उक्त बोलपत्र पेश गर्ने बोलपत्रदाताहरु मध्ये सारभुतरुपमा प्रभावग्राही योग्य बोलपत्रदातामा सबैभन्दा न्यून कबोल गर्ने बोलपत्रदाता श्री ………….. को निजले गरेको रकम रु. ………….. (मूल्य अभिववृद्धि बाहेको कबोल/अंकगणितीय शुद्धता समेत) को बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा…………..बमोजिम खरिद सम्झौताको लागि छनौट गरिएको । बोलपत्रदाता श्री …………..संग नियमानुसारको कार्यसम्पादन जमानत लिई खरिद सम्झौता गर्न सिफारिस गरिन्छ

१०. अन्य विषयहरुः

१०.. Clarification of Bid: बोलपत्रको परीक्षण तथा मूल्याङ्कनको क्रममा निम्न बोलपत्रहरुसंग निम्न विषयमा लिखित रुपमा पत्र पठाएर जानकारी माग गरिएको। बोलपत्रदाताले पेश गरेको जानकारी समेतका आधारमा बोलपत्रको परीक्षण र मूल्याङ्कन गरिएको छ। बोलपत्रदातासंग माग गरिएको जानकारीको पत्र अनुसूची-११ मा राखिएको छ।

सि.नं.

बोलपत्रदाताको नाम

जानकारी माग गरिएको विषय

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

१०.. दररेट विश्लेषण (Rate Analysis): बोलपत्र मूल्याङ्कनको क्रममा निम्न बोलपत्रदाताहरुसंग दररेट विश्लेषण माग गरिएको र निजहरुले पेश गरेको दर रेट समेतका आधारमा बोलपत्रको मुल्य्यांकन गरिएको छ। दररेट माग गरिएको पत्र अनुसूची-१२ मा राखिएको छ।

सि.नं.

बोलपत्रदाताको नाम

दर रेट माग गरिएको आइटम

दर रेट माग गर्नुको कारण

 

 

 

 

 

 

 

 

 

 

 

 

१०.. सब- कन्ट्रयाक्टरः बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताले सब- कन्ट्रयाक्टर प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको र बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित सब- कन्ट्रयाक्टरको लागि निर्धारण गरिएको योग्यताको आधारमा सब- कन्ट्रयाक्टरको योग्यता मूल्याङ्कन छ। सब- कन्ट्रयाक्टरको योग्यताको मूल्याङ्कनको नतिजा निम्नानुसार रहेको र यसको विस्तृत मूल्याङ्कन अनुसूची-१३ मा राखिएको छ।

सब-कन्ट्रयाक्टर मुल्यांकनको नतिजा

सि.नं.

बोलपत्रदाताको नाम

प्रस्ताव गरिएको सब- कन्ट्रयाक्टरर

सब-कन्ट्रयाक्टर स्वीकार्य भए नभएको

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

१०.. बोलपत्र मूल्याङ्कन उपसमिति/परामर्शदाता/विशेषज्ञः बोलपत्र मूल्याङ्कनको क्रममा मूल्याङ्कन समितिलाई सहयोग गर्नको लागि देहाय बमोजिमको उपसमिति/परामर्शदाता/विशेषज्ञ गठन गरिएको वा जिम्मेवारी दिइएको थियो। उपसमिति/परामर्शदाता/विशेषज्ञको प्रतिवेदन अनुसूची……… मा राखिएको छ। बोलपत्र मूल्याङ्कन गर्दा उपसमिति/ परामर्शदाता/विशेषज्ञले दिएको राय समेतका आधारमा बोलपत्र मूल्याङ्कन गरिएको छ।  

बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीको दस्तखतः

…………..

………………

मितिः

अनुसूचीहरुः

अनुसूची-१

बोलपत्र खोल्दाको मुचुल्का

[बोलपत्र खोल्दाको मुचुल्का स्कायान गरेर राख्ने]

अनुसूची-२

बोलपत्र मूल्याङ्कन समिति गठनको निर्णय

[बोलपत्र मूल्याङ्कन समिति गठनको निर्णय वा पत्र राख्ने]

अनुसूची-३

कानूनी ग्रह्ययताको मूल्याङ्कन

कानूनी ग्राह्यता

कम्पनी A

कम्पनी x/y/z JV

कम्पनी B

कम्पनी C

कम्पनी x

कम्पनी y

कम्पनी z

 

 

फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्रः

 

 

 

 

 

 

व्यवसाय दर्ताको इजाजतपत्रः

 

 

 

 

 

 

मूल्य अभिवृद्घि कर दर्ता प्रमाणपत्र र स्थायी लेखा दर्ता नम्बर (प्यान) प्रमाणपत्रः

 

 

 

 

 

 

कर चुक्ता गरेको प्रमाणपत्रः

 

 

 

 

 

 

स्वयं घोषणा पत्रः

 

 

 

 

 

 

कालो सूची (Black List):

 

 

 

 

 

 

कानूनी ग्राह्यतामा सफल वा असफल

सफल वा असफल

सफल वा असफल

सफल वा असफल

सफल वा असफल

कानूनी ग्राह्यतामा असफल भए असफल हुनुको कारण

. ...

. ....

. ...

. ..

. ...

. ....

. ...

. ....

 


 

अनुसूची-४

पूर्णताको परीक्षण

पूर्णताको परीक्षणका विषयहरु

कम्पनी A

कम्पनी x/y/z JV

कम्पनी C

कम्पनी D

अख्तियारनामा (Power of Attorney) र दस्तखत

 

 

 

 

बोलपत्र जमानत (Bid security)

 

 

 

 

संयुक्त उपक्रम सम्झौता (JV Agreement)

 

 

 

 

मालसामानको ग्राह्यता (Goods Eligibility)

 

 

 

 

बोलपत्रदाताको योग्यता (Qualification of Bidder)

 

 

 

 

दर विश्लेषण (Rate Analysis)

 

 

 

 

Manufacturer's Authorization Letter:

 

 

 

 

बोलपत्र सम्बन्धी कागजात दस्तुर (Cost of Bidding Document)

 

 

 

 

बोलपत्र मान्य हुने अवधि

 

 

 

 

निशर्त बोलपत्र

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पूर्णताको परीक्षण सफल वा असफल

सफल वा असफल

सफल वा असफल

सफल वा असफल

सफल वा असफल

पूर्णताको परीक्षण असफल हुनेको असफल हुनुको कारण

. ...

. ....

. ...

. ....

. ...

. ....

. ...

. ....

(प्रत्येक बोलपत्रदाताको क्रमशः मूल्याङ्कन गर्दै जाने र कुनै योग्यतामा असफल भएमा त्यस पश्चातको योग्यता मूल्याङ्कन गर्न आवश्यक हुँदैन।)

 


 

अनुसूची-५

बोलपत्रदाताको योग्यताको मूल्याङ्कन

[बोलपत्रदातको क्रमश मूल्याङ्कन गर्दै जाने।]

.. कम्पनी A को योग्यता मूल्याङ्कनः

योग्यता

बोलपत्र सम्बन्धी कागतामा माग गरिएको योग्यताको विवरण

बोलपत्रदाताले पेश गरेको योग्यताको विवरण

योग्यतामा पास वा फेल

फेल हुनुको कारण वा खुलाउनु पर्ने कुनै कुरा भए

कैफियत

Pending Litigation (मौजुदा मुद्दा मामिला)

 

 

 

 

 

वित्तिय सक्षमता/ Historical Financial Performance

 

 

 

 

 

वित्तीय श्रोतमाथिको पहुँच/ Financial Resources

 

 

 

 

 

औषत कारोबार रकम/ Average Annual Turnover

 

 

 

 

 

सामान्य अनुभव (General Experience)

 

 

 

 

 

सम्बन्धित क्षेत्रको अनुभव (Specific Experience):

 

 

 

 

 

विशेष कामको अनुभव (Key Activities)

 

 

 

 

 

उत्पादनको क्षमताः

 

 

 

 

 

जनशक्ती सम्बन्धी योग्यताको मूल्याङ्कनः

 

 

 

 

 

मेशिन औजार सम्बन्धी योग्यताको मूल्याङ्कनः

 

 

 

 

 

सव-कन्ट्रयाक्टरर सम्बन्धी मूल्याङ्कनः

 

 

 

 

 

Adequacy of Technical Proposal

 

 

 

 

 

नतिजाः (मूल्याङ्कनको नतिजा छोटकरीमा लेख्नेफेल भएमा के कारणले फेल भएको हो छोटकरीमा खुलाउने)

.. कम्पनी X/Y/Z JV को योग्यता मूल्याङ्कनः

योग्यता

बोलपत्र सम्बन्धी कागतामा माग गरिएको योग्यता

बोलपत्रदाताले पेश गरेको योग्यता

योग्यतामा पास वा फेल

फेल हुनुको कारण वा खुलाउनु पर्ने कुनै कुरा भए

कैफियत

उदाहरणको लागि

Average Annual Construction Turnover

Total 100 M

X+Y+Z= 200M

Pass

 

 

One Partner 40M

X= 100 M

Pass

Each Partner 25M

X=100M

Y=60M

Z=40M

Pass

General Construction Experience

At list 5 years

X=10 Years

Y=6 years

Z=4 years

Fail

कम्पनी Z को General Construction Experience बर्ष नपुगेको कारण

 

 

 

 

 

 

 

नतिजाः (मूल्याङ्कनको नतिजा छोटकरीमा लेख्नेफल भएमा के कारणले फेल भएको हो छोटकरीमा खुलाउने)

अनुसूची-६

स्पेसिफिकेसनको मूल्याङ्कन

[प्रत्येक बोलपत्रदाताको प्रत्येक मालसामानको क्रमश मूल्याङ्कन गर्दै जाने]

मालसामानको नामः                  बोलपत्रदाताको नामः           Brand/Model Name:

सि.नं.

माग गरिएको स्पेसिफिकेनको विवरण

बोलपत्रदाताले पेश गरेको स्पेसिफिकेसन

Fully complaint/ Partially complaint/ Non complaint

स्वीकार्य भए नभएको

विवरण

आवश्यकता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नतिजाः [मूल्याङ्कनको नतिजा छोटकरीमा लेख्ने। स्पेसिफिकेसनमा फरक देखिएमा फरक स्वीकार हुने नहुने र किन नहुने भन्ने विषय, फरक स्वीकार हुने भए किन स्वीकार हुने, त्यसको मूल्य निकाल्न सकिने नसकिने र मूल्य निकाल्न सकिने भएमा मूल्य कायम कति र कसरी गरियो भन्ने विषय उल्लेख गर्ने]

 

अनुसूची-७

निर्माण अवधि वा मालसामान आपूर्ति अवधि

सि.नं.

बोलपत्रदाताको नाम

कबोल रकम

ढिला हुने अवधि

समायोजन प्रतिशत दर

समायोजित रकम

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसूची-८

भुक्तानी शर्त

सि.नं.

बोलपत्रदाताको नाम

कबोल रकम

प्रस्ताबित भुक्तानीको शर्त

सर्त बमोजिमको समायोजन प्रतिशत दर

समायोजित रकम

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

अनुसूची-९

मूल्याङ्कित रकम गणना

बोलपत्रदाता

मुचुल्कामा उल्लिखित रकम

अंकगणितीय शुद्धता गर्नुपर्ने

सानातिना फरक

छुट प्रस्ताव

मूल्याङ्कित रकम

विषय

रकम (+ or -)

विषय

रकम

प्रतिशत

रकम

 

1

2

3

4

5

6

7

8

9=2+4+6-8

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसूची-१०

निर्माण कार्यको विशेष मूल्याङ्कन

सि.नं.

बोलपत्रदाताको नाम

बोलपत्रमा Front Loading Unalance अवस्था र विश्लेषणात्म समिक्षा

Front Loading Unalance बोलपत्र स्वीकार्य भए नभएको

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसूची-११

Clearification of Bid को पत्र

[Clarification of Bid को पत्रको स्क्यान कपी राख्ने]

अनुसूची-१२

दररेट विश्लेषण माग गरिएको पत्र

[दररेट विश्वेषण माग पत्रको स्क्यान कपी राख्ने]

अनुसूची-१३

सब- कन्ट्रयाक्टररको योग्यता मूल्याङ्कनको विस्तृत विवरण

[मुख्य बोलपत्रदाताको योग्यता मूल्याङ्कन जस्तै गरी सबै बोलपत्रदाताहरुको क्रमश मूल्याङ्कन गर्दै जाने]

 



[1] प्रमुख कोष नियन्त्र, बाँके ।

No comments:

Post a Comment