१.
पृष्ठभूमिः
१.१. नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु लोक
कल्याणकारी राज्यको एक प्राथमिक दायित्व हो । २०४७ सालको परिवर्तन संगै स्वास्थ्य
क्षेत्रमा भएको निजीकरणले सक्षम व्यक्तिले मुल्य तिरेर स्वस्थ्य सेवा खरिद गर्न
सक्ने अवस्था आएता पनि आम नागरिकको स्वास्थ्यको आधार भनेको सार्वजनिक क्षेत्र नै
हो । सार्वजनिक क्षेत्रले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी सेवामा प्रभावकारीता
वृद्धीको लागि सुधार गर्नुपर्ने क्षेत्र भनेको औषधि खरिद प्रकृया हो । सरकारले
वितरण गर्ने औषधीमा सरकारको सोझै रकम खर्च हुने गरेको छ भने त्यो भन्दा ठूलो रकम
विरामीले खरिद गर्ने औषधीमा ठूलो रकम खर्च हुने
गरेको छ । सवै सरकारी अस्पतालहरुमा अस्पतालको आफ्नै फर्मेसी स्थापना
गर्ने राज्यको नीति भएता पनि औषधी खरिद प्रकृया प्रभावकारी हुन नसक्दा यसको प्रभावकारी कार्यान्यन हुन सकेको छैन । सरकारी अस्पतालमा उपचारको लागि जाने व्यक्तिले
अस्पताल फार्मेसीमा नै उचित मुल्यमा सर्भसुलभ र गुणस्तरिय औषधी प्राप्त गर्न
अवस्था मात्रैले पनि नागरिकलाई ठूलो राहत हुने देखिन्छ । चाहे अस्पतालमा प्रयोग हुने औषधी वा उपचारको लागि आवश्यक सामग्री होस्
वा सरकारी अस्पतालका फार्मेसीमा विक्री हुने औषधी होस् सवै मालसमान खरिद विद्यमान
सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को प्रकृयाबाट भैरहेको छ ।
१.२. देश संघियतामा गैसकेको छ र स्वास्थ सेवा प्रवाहमा प्रदेश र
स्थानियको समेत संलग्नता हुने अवस्था हरेको छ । विद्यमान कानून अनुसार स्थानिय तह, अस्पताल, प्रदेशका स्वास्थ्य कार्यालयहरु, स्वास्थ्य सेवा विभाग लगायतका
निकायहरुले आ-आफ्नै किसिमले औषधी खरिद गरेका छन् । औषधी खरिदमा रहेका केही विशिष्टिकृत विशेषताका कारण विशेष गरी औषधीको
गुणस्तर नियन्त्रको विषय ज्यादै कठिन भएको अहिले अवलम्वन गरिएको विकेन्द्रीत हिसावले भएको औषधी खरिद
प्रकृयाले नागरिकले उचित
मुल्यमा सर्भसुलव किसिमले गुणस्तरिय औषधी प्राप्त गर्ने अधिकार सुनिश्चित हुन
सक्ने देखिदैन । बजारमा उपलव्ध हुने औषधीमा समेत बारम्बार गुणस्तरको प्रश्न उठ्ने गरेको
सन्दर्भमा स्थानिय, आस्पतालका फार्मेसी तथा प्रदेश तहबाट विकेन्द्रित किसिमबाट खरिद हुने औषधीमा गुणस्तर कायम गर्नु ज्यादै जटिल रहेको छ । औषधीका प्रकारहरु धेरै रहनु, बजारमा उपलव्ध औषधीको गुणस्तरमा
ठूलो भिन्नता हुनु, गुणस्तर परीक्षण प्रकृया सहज नहुनु,
सरकारले उपलव्ध गराउने वा वेच्ने औषधीको लेवलमा लेखिनु पर्ने विषयमा फरक हुनु आदी कारणले सार्वजनिक खरिद
ऐन २०६३ र नियमावली २०६४ को प्रकृया पालना गरेर जोकोहीले वा सानो सानो स्कलेमा विकेन्द्रीत किसिमले गुणस्तरिय औषधी खरिद गर्न सक्ने
अवस्था छैन । हालको औषधी खरिद प्रकृयालाई व्यवस्थित नगरी नागरिकले सुपथ मुल्यमा गुणस्तरिय औषधी प्राप्त गर्न सक्ने अवस्था छैन । यसको लागि
औषधी खरिद प्रकृयालाई नयाँ शिराबाट सोच्न जरुरी छ ।
२.
सार्वजनिक निकायमा औषधी खरिदको
अवस्थाः
२.१. सार्वजनिक
निकायबाट बार्षिक कति रकमको औषधी खरिद हुन्छ भन्ने तथ्यांक छैन तथापी आगामी आ.ब.
२०७६/७७ को बजेटमा लगभग ५ अर्वको औषधी खरिदको लागि रकम विनियोजन भएबाट सार्वजनिक
निकायमा अर्बौ रकमको औषधी खरिदमा हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । वजेटमा
उल्लेखित रकम केवल संघिय सरकारले निशुल्क वितरणको लागि विनियोजन गरेको रकम हो
भएकोले स्थानिय तहले गर्ने खरिद, प्रदेशले गर्ने खरिद, अस्पतालका फार्मेसीले गर्ने खरिद, अस्पतालका समितिले गर्ने खरिद आदी जोड्दा सार्वजनिक निकायमा खरिद हुने औषधीको
रकम बजेटमा उल्लिखित रकम भन्दा ज्यादै ठूलो रहेको छ । यदी अस्पालको फर्मेसीमा
विरामिले खोजेको प्रकारको गुणस्तरीय
औषधी सुपथ मुल्यमा उपलव्ध गराउन सकेमा यो रकम धेरै गुनाले बढ्ने निश्चित छ । नेपाल
सरकारले सवै अस्पतालहरुमा अनिवार्य रुपमा आफ्नै फर्मेसी राख्ने निर्णय भए बमोजिम
अस्पतालको आफ्नै फार्मेसी खोल्ने क्रम बढेको छ ।
३. औषधी
खरिदमा रहेका समस्याः
|
औषधी खरिदको अलमलले स्वास्थ्य संस्थामा औषधी
अभाब हुन थाल्यो
·
२०
माघ २०७४, शनिबार
म्याग्दी, २० माघ ।
धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधी अभाब देखिएको छ । विगत
एक बर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधीहरु उपलब्ध नहुँदा औषधीको अभाब
देखिन थालेको हो । यस स्वास्थ्य चौकीमा अहिले कदम म्याग्दी मार्फत गुड नेवर्स
ईन्टरनेशनलले दिएको औषधी मात्रै बाँकी रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले
बताउनुभयो ।
गुर्जामा मात्रै होईन जिल्लाका अन्य सरकारी स्वास्थ्य
संस्थाहरुमा पनि प्रयाप्त औषधी छैन् । संघियताको कार्यान्वयन संगै स्वास्थ्य
संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकार क्षेत्र स्थानीय तहमा गएपनि
निःशुल्क उपलब्ध गराउने औषधी खरिद तथा बन्दोबस्त गर्ने सबालमा भने अलमल
देखिएको छ । औषधी खरिद र कर्मचारीको खटनपटनको सहि व्यवस्थापन हुन नसक्दा
जिल्लाको ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुबाट सहज रुपमा स्वास्थ्य
सेवा लिनबाट सर्वसाधरण बन्चित हुन थालेका छन् ।
बिगतका बर्षमा जिल्ला स्वास्थ्य कार्यालयले एकमुष्ट रुपमा औषधी
खरिद गरि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायतका सरकारी
स्वास्थ्य संस्थाहरुमा औषधी उपलब्ध गराउँदै आएपनि यस बर्षदेखि
*श्रोत म्याग्दी अनलाइन
|
३.२. गुणस्तर
नियन्त्रणः मालसामान खरिदमा त्यसको गुणस्तर स्पेसिफिकेसनबाट निर्धारण हुने र
कानूनको कार्यान्यन फितलो भएको र व्यवसायीहरुमा व्यवसायीक नैतिकता कमजोर भएको
हाम्रो जस्तो मुलुकमा मालसामनमा गुणस्तर नियन्त्रण गर्नु त्यहाँ माथि औषधीको
गुणस्तर नियन्त्रण गर्नु आफैमा जटिल विषय हो । औषधीको गुणस्तरको लागि औषधीको कस्चा
पदार्थको गुणस्तर र कच्चा पदार्थको म्याद समाप्तिको अवधि, औषधीको कम्पोजिसन, औषधी उत्पादन प्रकृयाको गुणस्तर, औषधी भण्डारण र ढुवानीको गुणस्तर
आदीको निर्केयौल गर्नु आफैमा सजिलो विषय होइन । व्यावसायीहरुमा व्यवसायीक
इमान्दारीता हुने र औषधी व्यवस्थापन विभाग जस्ता औषधीको नियमन गर्ने निकायहरु
प्रभावकारी हुने हो भने बजारमा उपलव्ध बस्तुमा निश्चित गुणस्तरको हुन्छ भन्ने
कुरामा आश्वस्त हुने अवस्था हुन्थ्यो तर त्यो अवस्था छैन । सानो सानो परिमाणमा औषधी
खरिद गर्ने सार्वजनिक निकायले त्यो तहमा गुणस्तर नियन्त्रण गर्न सक्के अवस्था छैन
। बोलपत्र प्रकृयाबाट औषधी खरिद हुने र बजारमा उपलव्ध औषधीबाटै आपूर्ति भैरहेको र
गुणस्तरमा पूर्ण रुपमा आपूर्तिकर्तामा निर्भर रहेको वर्तमान अवस्थामा गुणस्तरिय
औषधी मात्रै आपूर्ति भएको छ भन्न सक्ने अवस्था छैन । अब सार्वजनिक निकायले गुणस्तर
परीक्षण वा नियन्त्रण गर्दैन भन्ने किसिमको खरिदको लागि नै भनेर कम गुणस्तरको औषधी
उत्पादन हुने सम्मको जोखिम देखिन्छ ।
डोटीमा
प्रक्रिया नमिल्दा औषधी खरिद गर्न समस्या
विमल
विष्ट, डोटी ।
जिल्ला
जनस्वास्थ्य कार्यालय डोटीमा वार्षिक ४५ लाख बराबरको औषधी आवश्यक पर्ने भए पनि
औषधी खरिदका लागि केन्द्रबाट थोरै रकम आउने गरेको जनाएको छ । बिरामीको चापका
आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधी खरिदका लागि रु ४५ लाख माग गरेको
भए पनि केन्द्रबाट थोरै रकम आउदा जिल्लामा औषधी अभाब देखिन थालेको छ ।
जिल्लामा औषधी खरिद गर्नका लागि तिन तिन पटक सूचना निकाल्नु पर्ने झन्झटीलो
प्रक्रिया भएका कारण औषधी खरिद गर्नमा समस्या हुने गरेको जिल्ला जन स्वास्थ्य
कार्यालय डोटीले जनाएको छ ।
जिल्ला
जनस्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजबिक्रम शाहीले हरेक वर्ष
निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधी खरिदका लागि रु ४५ लाख केन्द्रबाट आउने
गरेको र यसपटक केन्द्रबाट औषधी अरिद गर्नु पर्ने बिषयमा केहि प्रक्रिया नमिलेर
आउदा समस्या देखिन थालेको बताउनु भयो ।
उहाँले
भन्नुभयो ‘केन्द्र र क्षेत्रबाट उपलब्ध हुने औषधी आउने कुनै
निश्चित नहुने गरेको छ । गत असोजमा पहिलो चरणमा हामीले आफै रु ३ लाख बराबरको
४० प्रकारको औषधी खरिद गरी जिल्लाभरका स्वास्थ्य संस्थामा वितरण ग¥यौं । अब त्यो पनि सकिन थालिसक्यो
। औषधी खरिदका लागि टेण्डर खोल्दै छौं । अब आउछ होला ।’
*श्रोत नेपाल समाचारपत्र
|
३.४. मुल्यमा
विविधता र महंगोः औषधी खरिदमा अर्को सवैभन्दा ठूलो समस्या भनेको एउटै औषधीको खरिद
मुल्य फरक फरक निकाय विचमा ठूलो अन्तरले फरक हुने रहेको छ । साथै एउटै निकायमा पनि
औषधीको मुल्य पटकै विच्छे फरक फरक पर्न जाने अवस्था रहेको छ । सरकारले निःशुल्क
वितरण गर्ने औषधीमा मुल्यमा भएको फरकले ठूलो असर नगरेता पनि फार्मेसीमा एउटै
औषधीको फरक फरक मुल्यमा विक्री गर्नु पर्ने अवस्था छ । सानो परिमाणमा खरिद हुने
खरिदमा आपूर्तिकर्ताले सामान्य बजारमा रहेको औषधी नै आपूर्ति गर्ने र लेवलमा
लेखिएको मुल्य र बोलपत्रमा कवोल गरेको मुल्य फरक हुन जान्छ । यदी लेवलमा उल्लिखित
रकम भन्दा बढी मुल्यमा बोलपत्र पेश गरेको अवस्थामा फार्मेसीले पनि लेवलमा उल्लिखित
रकम भन्दा महंगोमा विक्री गर्नु पर्ने अवस्था रहने । विभिन्न अध्ययनले औषधी ३००-४००
गुना महंगोमा विक्री भैरहेको तथ्य फेला परेको थियो । सानो सानो परिमाणमा औषधी खरिद गर्दा उत्पादकले
सोझै आपूर्ति नगरी आपूर्तिको लामो च्यानल भएर आपूर्ति हुने हुँदा अवस्य नै औषधी
महंगो हुन जान्छ ।
३.५. आवश्यक पर्ने
बेलामा नभई एकमुष्ट आपूर्ति हुनेः सानो परिमाणमा औषधी खरिद गर्दा आवश्यकता अनुसार
थोरै थोरै आपूर्ति गर्दा ढुवानी लगायतका कारणले लागत प्रभावकारी नहुने हुँदा
आपूर्तिकर्ताले औषधी एकमुष्ट आपूर्ति गर्न चाहन्छ । यस्तो अवस्थामा भण्डारण लागत
धेरै हुने, औषधीको म्याद
गुज्रिने आदी समस्या देखा पर्दछन् ।
३.६. खरिद सम्झौता
विधिको कारणले सृजित समस्याः सामान्यतया औषधी खरिद गर्दा औषधीको निश्चित परिमाण
खुलाएर बोलपत्र आह्वान गरी वा परिणमा नखुलाई एकाई दर मात्र माग गरी बोलपत्र आह्वान
गरी खरिद हुँदै आएको । कुन औषधी कति खपत हुन्छ भन्ने कुरा विरामीको संख्याका
आधारमा निर्धारित हुने हुँदा परिमाण खुलाएर औषधी खरिद गर्दा कुनै औषधी नपुग्ने र
कुनै औषधी धेरै हुने अवस्था सृजना हुने अवस्था आउन सक्छ । यदी परिमाण नखुलाई
बोलपत्र आह्वान गर्दा विभिन्न औषधी जोडेर प्याकेजिङ गरी बोलपत्र आह्वान गर्दा
थोरै आपूर्ति हुने जस्तो औषधीमा थोरै र धेरै आपूर्ति हुन सक्ने औषधीमा धेरै मुल्य
राखेर अस्वभाविक किसिमको मुल्य कायम हुन सक्ने देखिन्छ । प्याकेजिङमा बोलपत्र
आह्वान गर्दाको उक्त समस्या हटाउन प्रत्येक औषधीको छुट्टा छुट्टै बोलपत्र आह्वान
गर्दा हजारौकं संख्यामा ठेक्का हुने यो कारणले पनि औषधी खरिद झन जटिल हुन जाने
देखिन्छ । त्यसैले सानो सानो खरिदमा कुन विधिबाट औषधी खरिद गर्नेहो भन्ने औन्यौलता
सधै रहेको छ ।
३.७. लेवलिङः
सरकारले निशुल्क वितरण गर्ने औषधीमा “निःशुल्क वितरण हुने” र अस्पतालको
फार्मेसीबाट विक्री हुने औषधीमा “…. Hospital Pharmacy” आदी जस्ता विवरणहरु उल्लेख गरेको हुनु पर्दछ ।
स्वास्थ्य सेवा विभागले खरिद गर्ने औषधिमा सो व्यहोरा उल्लेख गरेको हुन्छ तर अन्य
निकायले गर्ने खरिद सानो परिमाणमा हुने हुँदा सो निकायको लागि भनेर छुटै उत्पादन
गर्ने नभई सामान्य बजारमा वितरणमा रहेका औषधीबाटै आपूर्ति हुने हुँदा सो किसिमको
विवरण उल्लेख भएको हुँदैन । यसरी सानो सानो परिमाणमा औषधी खरिद गर्दा ति विवरणहरु
उल्लेख गर भन्न नसकिने र ती विवरणहरु उल्लेख नगर्दा औषधीको दुरुपयोग हुन सक्ने
अवस्था रहन्छ । निःशुल्क वितरणको औषधी फार्मेसीबाट विक्री, अस्पताल फार्मेसीबाट लगेर निजी
फार्मेसीमा औषधी विक्री आदी समाचार वारम्बार आएको पनि छ ।
३.८. जेनरिक नाम की
ब्रान्डको नाम लेख्नेः अहिले सरकारी अस्पतालका फर्मेसीहरुले झेल्नु परेको समस्या
भनेको औषधीको ब्रान्ड पनि हो । बोलपत्रबाट हुने खरिदमा एउटै औषधी फरक फरक
ब्रान्डको खरिद गर्ने भन्ने हुँदैन । जुन बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको छ सो
बोलपत्रदाताले उल्लेख गरेको ब्रान्ड सामान्यतया एक प्रकारको औषधी एउटा ब्रान्डको
मात्र खरिद हुन्छ । अस्पतालमा डक्टरले प्रेस्किप्सन लेख्दा जेनरिक नाममा नलेखी
ब्रान्डको नाममा लेख्ने र फर्मेसीमा सो कामको लागि औषधी भएता पनि सोही ब्रान्डको औषधी
नहुँदा विरामी अरु निजी फर्मेसीमा जान बाद्य हुने अवस्था रहेको छ । यसको कारणले
पनि अस्पतालका फर्मेसी जुन रुपमा संचालन हुनु पर्ने हो त्यो रुपमा संचालन हुन
सकेका छैनन् । बजारमा उपलव्ध भएका सवै ब्रान्डको एकै प्रकृतिको गुणस्तर नहुने
हुँदा डक्टरलाई जेनरिक नाममा नै प्रेस्किप्सन लेख्न वाद्य पार्न सकिने अवस्था पनि छैन
। यदी फर्मेसीको औषधी खरिद प्रकृया प्रभावकारी भएर गुणस्तरिय औषधी मात्र खरिद हुने
अवस्था सृजना भएमा डक्टरलाई अनिवार्य रुपमा जेनरिक नाममा प्रस्किप्सन लेख्न वाद्य
गर्न सकिन्थ्यो । जेनरिक नाममा प्रेस्किप्सन लेख्न वाद्यय गर्न नसक्दा विरामी
विचौलियाको थप मारमा परेको अवस्था छ ।
४. औषधी
खरिदलाई प्रभावकारी वनाउने उपायः
४.१. अहिलेनै निःशुल्क
वितरण भएको औषधी र फार्मेसीमा विक्री हुने औषधी गरेर सार्वजनिक निकायहरुले ठूलो
रकमको औषधी खरिद गर्दै आएका र सरकारी अस्पतालमा फर्मेसीको संख्या बढ्ने र
फार्मेसीमा विरामीले खोजेका सवै प्रकारका र गुणस्तरीय औषधी प्राप्त हुने अवस्थामा
सार्वजनिक निकायमा अझै ठूलो रकमको औषधी खरिद हुने निश्चित छ । यदी हामीले अस्पताल
फार्मेसीलाई प्रभावकारी वनाउन सक्यौ र विरामीले सरकारी अस्पतालका फर्मेसीमा सवै
औषधी तोकिएको गुणस्तरमा र उचित मुल्यमा प्राप्त गर्न सक्ने अवस्था आउने हो भने
अहिले औषधीमा खर्च भएको ठूलो रकम बच्ने निश्चित छ ।
४.२. औषधी खरिदलाई
प्रभावकारी बनाउने हो भने अहिलेको भन्दा राम्रो गुणस्तरको औषधी अहिले भैरहेको
खर्चको १० देखी २० प्रतिशतमा प्राप्त गर्न सक्ने अवस्था आउन सक्ने देखिन्छ । त्यसको
लागि फर्मेसीले गर्ने औषधी खरिदलाई प्रभावकारी वनाउनु जरुरी छ । हामी के कुरामा
विश्वस्त हुनु जरुरी छ भने नागरिकले अहिलेको जस्तो खरिद प्रकृयाले सर्भसुलभ
मुल्यमा, सहज किसिमले र
गुणस्तरीय औषधी प्राप्त गर्न सक्दैनन् र त्यसको लागि राज्यले समयमानै सोच्नु जरुरी
छ । औषधी खरिदलाई प्रभावकारी वनाउन अहिले रहेको विकेन्द्रीत विधि बाट केन्द्रीकृत
विधिमा जानु आवश्यक छ । माथि उल्खित गुणस्तर, मुल्य लगायतका समस्या समाधान गरी औषधी खरिदलाई प्रभावकारी वनाउने उपाय भनेको
केन्द्रीकृत खरिद विधि नै हो । एक सक्षम र प्रभावकारी एकिकृत औषधी खरिद विधि
अपनाउन सकेको खण्डमा गुणस्तर नियन्त्रण पनि प्रभावकारी हुने र विश्वका ठूला औषधी
उत्पादकहरुबाट सोझै खरिद गर्दा सस्तो मुल्यमा औषधी प्राप्त गर्न सक्ने अवस्था
सृजना हुन जान्छ ।
४.३. औषधी उत्पादकले
सोझै सार्वजनिक निकायमा विक्री गर्दा सामान्य प्रकृयामा बजारमा औषधी विक्री गर्दा
लाग्ने भन्दा सस्तो मुल्यमा उपलव्ध गराउन सक्ने अवस्था रहन्छ । उत्पादकले सोझै
विक्री गर्दा औषधीको प्रोत्साहन लागत नलाग्ने, म्याद समाप्त भएर औषधी फिर्ता गर्नु नपर्ने आदी कारणले बजारको भन्दा सस्तो
मुल्यमा औषधी विक्री गर्न सक्छ । अर्कोतर्फ सार्वजनिक निकायले पनि विक्रेताबाट
खरिद नगरी सोझै उत्पादकबाट खरिद गर्दा उत्पादक देखी खुद्रा विक्रेतासम्म आउँदा ४-५
तहमा वितरण गर्नुपर्ने कमिसन नलाग्ने आदी हिसाव गर्दा ज्यादै सस्तो मुल्यमा औषधी
प्राप्त गर्न सक्ने अवस्था रहन्छ ।
४.४. यसको लागि औषधी
खरिदमा मात्र केन्द्रीत हुने छुटै संस्थाको व्यवस्था गर्न जरुरी रहेको छ । जसले
केवल विभिन्न सार्वजनिक निकायबाट प्राप्त मागका आधारमा आन्तरिक वा विश्व बजारका औषधी
उत्पादकहरुबाट सिधै औषधी खरिद गर्छ र खरिद गरेको मुल्यमा सामान्य रकम थप गरी
देशभरीका सार्वजनिक निकायमा विक्री गर्ने काम गर्दछ । यसको विस्तृत प्रकृया र यस
विधिबाट हुने फाईदा यसप्रकार रहेको छ ।
५. संस्थागत
व्यवस्थाः
५.१. देश भरका
सार्वजनिक निकायलाई आवश्यक पर्ने औषधीको खरिद को लागि एउटा छुट्टै संस्था खोल्ले ।
उक्त संस्थाले सार्वजनिक खरिदको नियमित विधिबाट एकिकृत रुपमा औषधी खरिद गर्दछ र
सवै सार्वजनिक निकायले उक्त संस्थाबाट सोझै खरिद गर्ने गरी व्यवस्था गर्ने । त्यस्तो
संस्था सरकारको पूर्ण नियन्त्रमा रहनेगरी कम्पनी मोडलमा खोल्ने र उसको एकमात्र
जिम्मेवारी भनेको विभिन्न सार्वजनिक निकायहरु, स्थानिय तह, अस्पताल, फर्मेसी आदीले पठाएको मागका आधारमा
आन्तरिक वा बाह्य बजारबाट औषधी खरिद गरी ती सार्वजनिक निकायहरुलाई प्रदान गर्ने ।
एक किसिमले भन्दा अहिलेको आयल निगम जस्तै । तर यसमा र आयल निगममा फरक के छ भने
यसले सार्वजनिक खरिद ऐनको नियमित बोलपत्र विधिबाट खरिद गर्छ, यो संस्थाले माग आधारित रहेर मात्र
खरिद गर्छ, सम्बन्धित
सार्वजनिक निकायले माग गरेको औषधी अनिवार्य रुपमा किन्नु पर्छ र यसले सार्वजनिक
निकायलाई मात्र औषधी आपूर्ति गर्छ ।
५.२. यसको लागि
नेपाल औषधी आपूर्ति कम्पनी नामको संस्था बनाउने जसको लागि हाल रहेका नेपाल औषधी
कम्पनी, नेस्नल ट्रेडिङ कम्पानी जस्ता
संस्थाहरुलाई रुपान्तरण गर्न पनि सकिन्छ । शुरुमा संस्था स्थापनाको लागि सरकारले
अनुभवी,
सक्षम र वितको
कार्यसम्पादन राम्रो रहेका व्यक्तिहरुलाई जिम्मारी दिने र पछी खुल्ला
प्रतिस्पर्धात्मक विधिबाट कर्मचारीहरु भर्ना गर्ने पद्दति विकास गर्ने ।
५.३. अव प्रश्न उठ्न
सक्छ अहिलेको स्वास्थ्य सेवा विभागले नै सो काम गरे हुँदैन ? नयाँ संस्था खोलेर नयाँ भ्रष्ट्रचारको अखडा
मात्र बन्ने हो की ? त्यस्तो संस्थाले
प्रभावकारी रुपमा औषधी आपूर्ति गर्ने सुनिश्चितता के छ ? के सवै सार्वजनिक निकायले उक्त
संस्थाबाट खरिद गरेनन् भने के हुन्छ ? आदी । उक्त संस्थाको संरचना र कार्य प्रकृया माथिका सवै प्रश्नको उत्तर
दिनसक्ने गरी तयार गर्नु पर्दछ ।
५.४. विगत वर्ष सम्म
निशुल्क वितरण गर्ने वा उपलव्ध गराउने औषधी तथा भ्याक्सिनहरु स्वास्थ्य सेवा
विभागले एकिकृत रुपमा औषधी खरिद गरी आफ्ना ५ वटा मेडिकल स्टोरबाट देशभर आपूर्ति
गर्ने काम गर्दथ्यो र संधियता कार्यान्यन संगै निशुल्क वितरणको जिम्मेवारी पनि
विकेन्द्रीत भयो । सो काम स्वास्थ्य सेवा विभागबाट किन नगर्ने भन्ने कुरा पनि आउन
सक्छ । सो सम्बन्धमा एक त स्वस्थ्य सेवा अन्य धेरै जिम्मेवारी लिएको निकाय हो जुन
एउटा मात्र काममा केन्द्रीत हुन सक्दैन अर्को महत्वपूर्ण कुरा उक्त संस्थाले सार्वजनिक
संस्थानले जस्तो खरिद गरेको औषधी विक्री वितरण गर्ने आदी काम गर्न सक्दैन ।
त्यसैले यसलाई सार्वजनिक संस्थानको त्यसमा पनि कम्पनी मोडलमा स्थापना गर्नु
उपयुक्त हुन्छ ।
६. औषधी
माग संकलन प्रकृयाः
६.१. उक्त कम्पनीबाट
औषधी खरिद गर्न चाहाने सार्वजनिक निकायहरुसंग औषधी माग गर्ने प्रकृया, खरिद प्रकृया, रकम भुक्तानी प्रकृया लगायतका
विषयहरु समेटेर Memorandum of Understanding (MOU) गर्ने । माग संकलन र आपूर्तिलाई प्रभावकारी वनाउन सफ्टवयरको
निर्माण गर्ने र सोही सफ्टवरमा सार्वजनिक निकायलाई आवश्यक पर्ने औषधी माग गर्ने
व्यवस्था गर्ने । प्रत्येक चौमासिकमा औषधी आपूर्ति हुने गरी कम्तिमा पनि आगामी २
वर्षको लागि आवश्यक पर्ने औषधी माग गर्ने र माग गरिएको औषधी अनिवार्य रुपमा
किन्नुपर्ने बाद्यात्मक व्यवस्था गर्ने ।
७. औषधी
खरिद प्रकृयाः
७.१. कम्पनीले औषधी विद्यमान
बोलपत्रको विधिबाट खरिद गर्ने र खरिद गरेको औषधीलाई सोझै सार्वजनिक निकायहरुमा
विक्री गर्ने । विद्यमान खरिद प्रकृयामा केही संशोधन गरी सुचिकृत औषधी
कम्पनीहरुसंग छोटो अवधिको समयावधि प्रदान गरी प्रस्ताव माग गर्न सक्ने व्यवस्था
गर्न सकेमा खरिद प्रकृया अझै प्रभावकारी हुन जान्छ । साथै हाल न्यून मुल्यांकित
सारभुतरुपमा प्रभावग्राही एक मात्र बोलपत्रदातासंग खरिद सम्झौता गर्ने व्यवस्था
भएकोमा खरिद सम्झौता भएको आपूर्तिकर्ताले कुनै कारणले आपूर्ति गर्न नसक्दा पुन
बोलपत्र आह्वान गर्नु पर्दा औषधीको नियमित आपूर्तिमा बाधा पर्न सक्ने हुँदा समयमा औषधी
आपूर्तिको सुनिश्चिता होस् भन्नका लागि एक भन्दा बढी आपूर्तिकर्ता संग खरिद
सम्झौता गर्न सक्ने गरी कानून संशोधन गर्न उचित हुन्छ ताकी सवैभन्दा कम कबोल गर्ने
आपूर्तिकर्ताले औषधी आपूर्ति गर्न नसक्दा अन्य आपूर्तिकर्ताबाट आपूर्ति गर्न
सकियोस् ।
८. गुणस्तर
नियन्त्रण र परीक्षणः
८.१. गुणस्तर
नियन्त्रण र परीक्षणको लागि कम्पनीले आफ्नै ल्याव र जनशक्ति तयार गर्न वा सो सेवा
बजारबाट खरिद गर्न सक्छ । यसको लागि सो काम आफै गर्नु भन्दा एक सक्षम र
ख्यातिप्राप्त अन्तराष्ट्रिय परामर्शदाता नियुक्त गरी सो संस्थाबाट गर्नु उपयुक्त
हुने देखिन्छ । यसरी नियक्त हुने परामर्शदातालाई औषधीको समग्र गुणस्तरको
जिम्मेवारी प्रदान गर्ने । उक्त परामर्शदाताले कच्चा पदार्थको गुणस्तर देखि
आपूर्तिको अन्तिम विन्दुसम्मको गुणस्तर कायम राख्न काम गर्दछ । यसबाट कम्पनी केवल
माग बमोजिमको औषधी समयमा आपूर्तिमा केन्द्रीत हुन पाँउछ ।
९. औषधी
ढुवानी र रकम भुक्तानी प्रकृयाः
९.१. कम्तिमा पनि
प्रत्येक प्रदेशमा एक एक वटा सुविधा सम्पन्न स्टोर बनाउने र औषधी आपूर्तिकर्तालाई
उक्त स्टोरबाट वितरण हुने औषधी सोही स्टोरमा बुझाउने गरी खरिद सम्झौता गर्ने । सार्वजनिक
निकायले माग गरेको औषधी प्राप्त भए पश्चात सफ्टवयरबाट सम्बन्धित सार्वजनिक
निकायलाई जानकारी हुने गरी प्रणालीको विकास गर्ने । औषधी प्राप्त भएको निश्चित समय
सम्ममा सम्बन्धित सार्वजनिक निकायले औषधी अनिवार्य लैजानुपर्ने, आफूले माग गरेको औषधी अनिवार्य रुपमा
लैजानुपर्ने आदी जस्ता सर्तहरु राख्ने जसबाट स्टोरमा अनावश्यक औषधी रहने समस्या
आउदैन । निश्चित तापक्रमा राख्नुपर्ने औषधीलाई कम्पनी आफैले सम्बन्धित ठाँउ सम्म
पुर्याउने र अन्य औषधीको हकमा सम्बन्धित सार्वजनिक निकायले नै स्टोरमा आएर लैजाने
व्यवस्था गर्ने । कम्पनीको खातामा रकम जम्मा गरे पश्चात मात्र औषधी प्रदान गर्ने
प्रणाली विकास गर्ने यसो गर्दा रकम नउठ्ने समस्या आउदैन ।
१०. निष्कर्षः
१0.१. सार्वजनिक
खरिद ऐन २०६३ ले औषधीलाई पनि एउटा मालसामानको रुपमा लिने तर अन्य मालसामन जसरी
औषधी खरिदमा केही जटिलता र समस्या रहेका छन् । खासगरी औषधीमा गुणस्तरको महत्व
ज्यादा हुने र विभिन्न कारणले औषधीको मुल्यमा ठूलो फरक आउने कारण अन्य मालवस्तु
खरिदको सामान्य प्रकृयाबाट औषधी खरिद प्रभावकारी हुँदैन । औषधी खरिदमा रहेका विविध
जटिलताको कारण हाम्रोमा समयमा औषधी खरिद हुन नसक्नु, गुणस्तहित औषधी वितरण हुनु, अस्पतालको फार्मेसीले चाहे अनुरुपको औषधी खरिद गर्न नसक्दा फार्मेसी
प्रभावकारी नहुनु जस्ता समस्याहरु देखा परेका छन् । जसको कारण नागरिकले सर्भसुलभ
किसिमले उचित मुल्यमा गुणस्तरिय औषधी प्राप्त गर्न सकेका छैनन् । जवसम्म सरकारी
अस्पतालका फर्मेसीलाई प्रभावकारी बनाउन सकिदैन तवसम्म नागरिकले महंगो मुल्यमा
गुणस्तरहिन औषधी खरिद गर्नुपर्ने अवस्था कायमनै रहने देखिन्छ । अस्पताल फार्मेसी
प्रभावकारी बनाउने एउटा प्रमुख उपाय औषधी खरिद प्रकृयालाई सुधार गर्नु हो ।
१०.२. देश संघियतामा
गए संगै विगतमा विभाग स्तरमा खरिद हुने औषधी पनि स्थानिय स्तरमा खरिद हुने अवस्था
छ । यस्तो किसिमको विकेन्द्रीत औषधी खरिद प्रकृयाबाट विरामीले सर्भसुलभ किसिमले, उचित मुल्यमा गुणस्तरिय औषधी प्राप्त
गर्न सक्दैनन् । त्यसैले औषधी खरिदलाई प्रभावकारी वनाउन एक सक्षम, प्रभावकारी र सोही काममा मात्र
केन्द्रीत रहेको औषधी आपूर्ति कम्पनी स्थापना गर्नु जरुरी भैसकेको छ ।यो किसिमको
व्यवस्था भारतका केही राज्यहरुमा कार्यान्यन भैरहेको र यो प्रकृया कारगर पनि रहेको
देखिन्छ । यसरी स्थापना हुने कम्पनीले देशभरका सार्वजनिक निकायहरुमा आवश्यक पर्ने औषधी
आन्तरिक वा बाह्य मुलुकका औषधी उत्पादकहरुसंग सिधै खरिद गर्छ र लगभग सोही मुल्यमा
ती सार्वजनिक निकायलाई बेच्ने काम गर्दछ । यस किसिमको व्यवस्थाले मात्र उचित
मुल्यमा, गुणस्तरिय, नियमित र आवश्क प्रकारका औषधी प्राप्त
हुने सुचिश्चितता हुन्छ ।
१०.३ यसको लागि
पहिलो सर्त भनेको राजनैतिक प्रतिवद्यता र इमान्दारिता हो । कम्पनी स्थापना, पारदर्शी र सक्षम कमर्चारीहरुको व्यवस्थापन र कम्पनीको
स्वतन्त्र संचालनको लागि राजनैतिक प्रतिवद्धता आवश्यक हुन्छ । हाल देशमा स्थायी
सरकार रहेको र केही हदसम्म नीतिगत स्थिरताको अवस्था रहेकोले सरकारले जति सक्दो
छिटो प्रकृया अगाडी बढाउदा उपयुक्त हुने देखिन्छ ।